नेभिगेशन
अन्य

गिरिजाबाबुका विरोधी हावी हुँदा समस्या : दाहाल

सर्लाही । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइरालाका विरोधिहरु राजनीतिमा हावी भएका कारण संविधान लेखन कार्य अन्यौलमा परेको बताएका छन् । ‘शान्ति सम्झौता, मधेस आन्दोलन र अन्य सम्झौतामा कोइरालाले हस्ताक्षर गर्दा काँग्रेस र एमालेबाट बिरोध गर्ने नेता बलियो भएका छन,’ दाहालले भने,‘ हस्ताक्षर गर्ने नेता कोइरालाको मृत्यु भयो भने साक्षी एमालेका नेता माधवकुमार नेपाल पार्टीमा कमजोर भएका छन् ।’ शान्ति सम्झौत र संघीयता विरोधी एमाले अध्यक्ष केपी ओली शक्तिमा रहेको र सम्झौताका सहयोगी एमाले नेता नेपाल कमजोर भएका कारण संविधान यात्रा जटिल बनेको उनको दाहालको भनाइ थियो । सर्लाहीको हरकठवामा पार्टीले आयोजना गरेको आमसभामा सहभागी शनिबार दाहाल सर्लाही आएका हुन । हेलिकप्टर चार्टर गरेर आएका दाहाल विभिन्न पार्टी परित्याग गरेका कार्याकर्तालाई एमाओवादीमा फुलमाला लगाएर प्रवेश गराएका छन् । सर्लाही क्षेत्र नं. ६ बाट गत संविधान सभाको चुनावमा सदभावना पार्टीबाट उम्मेदवार भएका फकिरा महतो सहितका कार्यकर्ता एमाओवादी प्रवेश गरेका हुन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै