नेभिगेशन
अन्य

नेपालमा मृत्युदण्डको प्रावधान स्थापित हुन सक्दैनः गौतम

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले नेपालमा मृत्युदण्डको प्रावधान स्थापित हुन नसक्ने बताएका छन् । शुक्रबार काठमाडौमा आयोजित भेदभाव विरुद्ध नीतिगत वकालत विषयक अन्तरक्रिया कार्यक्रममा उनले नेपाल मानवअधिकार पक्षधर राष्ट्र भएको भन्दै मृत्युदण्डको प्रावधान स्थापित हुन नसक्ने बताए । उनले पछिल्लो समय दण्डहिनता बढ्दै मौलाउदै गएका कारण मृत्युदण्ड प्रश्न उठेको उल्लेख गरे । गौतमले जातीय भेदभावलाई निरुत्साहित गर्न प्रतिस्थापन कानुन बनाउन सरकार तयार रहेको बताए । एक अर्को प्रसंगमा उपप्रधानमन्त्री गौतमले विवादित विषयलाई थाति राखेर भएपनि संविधान निर्माण गर्नुपर्ने बताए । उनले दलहरुबीच सहमतिको अधिकतम प्रयास भए पनि सहमति भने हुन नसकेको भन्दै विवादित विषयलाई जनमत संग्रह गर्न पनि तयार रहेको उल्लेख गरे । उनले नेपालमा एकल जातीय पहिचानका संघीय प्रदेश निर्माण हुन नसक्ने धारणा राखे । कार्यक्रममा मानवअधिकारवादीहरुले २१ औं शताव्दीमा पनि नेपालमा जातीय छुवाछुत अन्त्य हुन नसकेको भन्दै कडा कानुन निर्माण गरिनुपर्ने बताएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...