नेभिगेशन
अन्य

एसिड आक्रमणकारी जीवन बिकलाई प्रहरीद्धारा सार्वजानिक,पत्रकार सम्मेलनमा बिक बेहोस

काठमाडौं । बसन्तपुरमा ट्युसन पढिरहेकी किशोरी संगीता मगर र सीमा बस्नेतमाथि एसिड आक्रमण गर्ने युवकलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । महानगरीय आयुक्तको कार्यालय रानीपोखरीमा अहिले पत्रकार सम्मेलन गरि जीवन बिकलाई सार्वजनिक गरेको हो । महानगरीय अपराध अनुसन्धान महाशाखा हनुमानढोकामा कार्यरत एसपी मीरा चौधरीको नेतृत्वको टोलीले टोखाबाट नियन्त्रणमा लिएको हो । मिराको नेतृत्वमा रहेको डिएसपी रमेश थापा,शिशु शर्मा, दिनेश आचार्य वेद विष्ट, प्रहरी निरीक्षक पूर्णिमा चन्द र निरज भट्टको टिमले पक्राउ गरेको हो । प्रहरीले धेरै दिनको अनुसन्धान र खोजीपछि अन्ततः संगीताका परिवारजन डेरा गरी बस्ने घरमै डेरा लिएर बसेका युवकलाई समातेको हो । मगर परिवारले बिकमाथि शंका गर्दै आएको थियो । एसिड आक्रमणकारी बिक पत्रकार सम्मेलनमै बेहोस भएका छन् । महानगरीय प्रहरी प्रभाग रानीपोखरीमा आयोजित पत्रकार सम्मेलन उनी बेहोस् भएका हुन् । उनलाई उपचारका लागि अस्पताल पुर्याएको छ । बिहीबार पक्राउ परेका उनलाई प्रहरीले आज सार्वजनिक गरेको हो । उनीबारे प्रहरीले जानकारी दिइरहेका बेला उनी एक्कसी बेहोस् भएका हुन्। रामेछाप फुलासी–८ निवासी जीवन विकले संगीता पुलामी मगर, सीमा बस्नेत र हेमु मुखर्जीलाई एसिड हानेको स्विकारेका छन् । महानगरीय प्रहरी प्रभागमा शुक्रबार पत्रकार सम्मेलनमा उनले भारतीय टेलिभिजनबाट प्रभावित भएर केटीको रुप बिगार्न एसिड हानेको स्विकारे । बिक बीबीएस पहिलो वर्षमा अध्ययनरत हुन् । विक यसअघि संगीता बस्ने घरमै डेरा लिएर बस्थे। त्यतिबेला उनले संगीतालाई पढ्नसमेत सिकाउँथे। पछि घरमा झगडा गरेर उनी भारतीय आर्मीका लागि भारत गएका थिए । भारतीय आर्मीमा छनौट नभएपछि उनले भारतीय टेलिभिजनबाटै प्रभावित भएर एसिड हानेको प्रहरीसमक्ष स्विकार गरेका हुन् । उनी टोखामा बस्दै आए पनि आफन्त सबैलाई भारतमै भएको बताउँदै आएका थिए । संगीता र उनका भाइलाई एसिड आक्रमण गर्न उनले असोजमै एसिड खरिद गरेका थिए । त्यही बेला एसिड हान्ने तयारी गरेपनि उनले गत फागुण १० गतेमात्र सो योजना सफल बनाएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै