नेभिगेशन
अन्य

उद्योग बाणिज्य महासंघका अध्यक्ष पाण्डे अस्पताल भर्ना

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेलाई राति नै अस्पताल भर्ना गरिएको छ । पक्राउ गरेको केही घण्टामै छातिमा समस्या देखिएपछि उनलाई सहीद गंगालाल अस्पताल लगिएको उनी निकट स्रोतले जनाएको छ । अस्पतालमा उनको उपचार जारी छ । उनी हिजो साँझ ७ बजे पक्राउ परेका थिए । उनले पञ्चायतकालमा भ्रष्टाचार मुद्दामा पाएको कैद मिनाहा भैसकेको दावि सहित रिट दिएका थिए । उनलाई तत्काल पक्राउ गर्न नपर्ने भनि यस अघि सर्वोेच्चले दिएको आदेशलाई कायममुकायम प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र ओमप्रकाश मिश्रको संयुक्त इजलासले मंगलबार बदर गरेका थिए । पूरानो फौजदारी मुद्दामा तत्काल पक्राउ गर्न निमल्ने भन्ने यसअघिको फैसलालाई मंगलबार सर्वोेच्च अदालतले उल्ट्याए लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...