नेभिगेशन
अन्य

२ दर्जन भन्दा बढि सहसचिवको सरुवा, केही जिल्लाका सीडीओ हेरफेर (सूचीसहित)

काठमाडौं । गृहमन्त्रालयले २८ जना सहसचिव केहि जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित ठुलो संख्यामा कर्मचारीको जिम्मेवारी हेरफेर तथा सरुवा गरेको छ । मन्त्रालयले अध्यागमन विभागका प्रमुखको मिेत सरुवा गरेको छ । गृहमन्त्रालयको चैत्र ३ गतेको निर्णयबाट ठूलो संख्यामा कर्मचारीहरुको पदस्थापन, हेरफेर र सरुवा गरिएको हो । गृहबाट प्राप्त जानकारीअनुसार पर्साका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीलाई कारागार व्यवस्था विभागको महानिर्देशकमा ल्याइएको छ । डोटीका सीडीओ लोकनाथ पौडेललाई सरुवा गरेर दाङको सीडीओ बनाइएको छ । दाङका सीडीओ पर्शुराम आचार्यलाई क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतको क्षेत्रीय सह प्रशासक बनाइएको छ । यस्तै सहसचिव कृष्णप्रसाद देवकोटालाई गृह मन्त्रालयमै पदस्थापन गरिएको छ । मेघनाथ काफ्लेलाई पदस्थापन गरी अध्यागमनको प्रमुख बनाइएको छ । सहसचिव विष्णुप्रसाद ढकाललाई हेटौडा क्षेत्रीय प्रशासन कार्यालयको सह प्रशासक बनाइएको छ । सहसचिव मनोहरप्रसाद खनाललाई पदस्थापन गरी डोटीको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । त्यस्तै विनोदबहादुर कुँवर बर्दिया, इन्दु घिमिरे स्याङ्जा, वलदेव गौतम सुर्खेत र विजयनारायण मानन्धरलाई धनुकुटाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ । धनकुटाको सहक्षेत्रीय प्रशासकमा कालीप्रसाद पराजुलीलाई पदस्थापन गरिएको छ । मकवानपुरका प्रजिअ केशवराज घिमिरेलाई पर्सा जिल्ला प्रशासनमा सरुवा गरिएको छ । यस्तो छ सरुवाको लिष्ट १ कृष्णप्रसाद देवकोटा सह सचिव,गृह मन्त्रालय वा अन्तरगत सह सचिव, गृह मन्त्रालय पदस्थापना २ सागरमणि पराजुली सह सचिव,गृह मन्त्रालय वा अन्तरगत सह सचिव, गृह मन्त्रालय पदस्थापना ३ हिमनाथ दवाडी प्रजिअ,जिप्रका, पर्सा महानिर्देशक, कारागार व्यवस्थापन विभाग सरुवा ४ लोकनाथ पौडेल प्रजिअ,जिप्रका, डोटी प्रजिअ,जिप्रका,दाङ सरुवा ५ परशुराम अर्याल प्रजिअ,जिप्रका, दाङ सह क्षेत्रीय प्रशासक,क्षेत्रीय प्रशासन कार्यालय,सुर्खेत सरुवा ६ विष्णुप्रसाद ढकाल सह सचिव,गृह मन्त्रालय वा अन्तरगत सह क्षेत्रीय प्रशासक,क्षेत्रीय प्रशासन कार्यालय,हेटौडा पदस्थापना ७ मनोहरप्रसाद खनाल सह सचिव,गृह मन्त्रालय वा अन्तरगत प्रजिअ,जिप्रका, डोटी पदस्थापना ८ विनोदवहादुर कुवर सह सचिव,गृह मन्त्रालय वा अन्तरगत प्रजिअ,जिप्रका, वर्दिया पदस्थापना ९ इन्दु घिमिरे सह सचिव,गृह मन्त्रालय वा अन्तरगत प्रजिअ,जिप्रका,स्याङजा पदस्थापना १० वलदेव गौतम सह सचिव,गृह मन्त्रालय वा अन्तरगत प्रजिअ,जिप्रका, सुर्खेत पदस्थापना ११ विजयनारायण मानन्धर सह सचिव,गृह मन्त्रालय वा अन्तरगत प्रजिअ,जिप्रका, धनकुटा पदस्थापना १२ कालीप्रसाद पराजुली सह सचिव,गृह मन्त्रालय वा अन्तरगत सह क्षेत्रीय प्रशासक,क्षेत्रीय प्रशासन कार्यालय,धनकुटा पदस्थापना १३ नारायणप्रसाद भट्ट सह सचिव,गृह मन्त्रालय वा अन्तरगत सह क्षेत्रीय प्रशासक,क्षेत्रीय प्रशासन कार्यालय,दिपायल पदस्थापना १४ गणेशराज कार्की प्रजिअ,जिप्रका,मोरङ प्रजिअ,जिप्रका,मकवानपुर सरुवा १५ केशवराज घिमिरे प्रजिअ,जिप्रका, मकवानपुर प्रजिअ,जिप्रका, पर्सा सरुवा १६ मेघनाथ काफ्ले सह सचिव,गृह मन्त्रालय वा अन्तरगत प्रमुख अध्यागमन अधिकृत,अका, त्रिअवि पदस्थापना १७ गोविन्दवहादुर कार्की प्रमुख अध्यागमन अधिकृत,अका, त्रिअवि प्रजिअ,जिप्रका, कंचनपुर सरुवा १८ कृष्णचन्द्र घिमिरे प्रजिअ,जिप्रका, कंचनपुर प्रजिअ,जिप्रका, उदयपुर सरुवा १९ रामप्रसाद थपलिया प्रजिअ,जिप्रका, उदयपुर प्रजिअ,जिप्रका, मोरङ सरुवा २० सुदर्शनप्रसाद ढकाल महानिर्देशक,अध्यागमन विभाग प्रजिअ,जिप्रका,काभ्रे सरुवा २१ केदार न्यौपाने प्रजिअ,जिप्रका,काभ्रे महानिर्देशक,अध्यागमन विभाग सरुवा २२ यज्ञराज वोहरा कामु प्रजिअ,जिप्रका,सुर्खेत उप सचिव,गृह मन्त्रालय काज फिर्ता २३ नरहरि वराल कामु प्रजिअ,जिप्रका,वर्दिया प्रजिअ,जिप्रका,मुस्ताङ काज २४ अन्तरवहादुर सिलवाल कामु प्रजिअ,जिप्रका,स्याङजा प्रजिअ,जिप्रका,रुकुम काज २५ वावुराम भण्डारी प्रजिअ,जिप्रका,मुस्ताङ उप सचिव,गृह मन्त्रालय काज २६ वेदवहादुर कार्की सप्रजिअ,जिप्रका,सप्तरी जेलर(उप सचिव) कारागार कार्यालय,जगन्नाथदेवल काज २७ टेकराज ज्ञवाली सप्रजिअ,जिप्रका,सुनसरी निर्देशक,अध्यागमन विभाग काज २८ भीमराज पोखरेल सप्रजिअ,जिप्रका,मोरङ निर्देशक,प्रहरी कितावखाना काज
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्