नेभिगेशन
अन्य

सभामुख सहति शीर्ष बैठकमा केहि दिन विपक्षी कुर्ने सहमति

काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो कार्यकक्षमा बुधबार दिउँसो बोलाएको शीर्ष नेताहरुको बैठक विना निश्कर्ष टुंगिएको छ । तर बैठकमा विपक्षी मोर्चालाई सहमतिका लागि अझै केहि दिन कुर्ने सहमति भएको छ । बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाको प्रक्रिया सुरु नगर्न आग्रह गरेका छन् । बैठकमा सभाध्यक्ष नेम्वाङले संविधानसभाको बैठ स्थगन हुँदा अन्योल भएको भन्दै जनतालाई सकारात्मक सन्देश दिन दलका नेतालाई आग्रह गरेका थिए । ‘प्रक्रिया सुरु भयो भने संविधानसभाको औचित्य सकिन्छ,’ एमाओवादी अध्यक्ष दाहालले भने, ‘त्यस्तो अवस्थामा क्रान्तिकारी र परिवर्तनकारी शक्तिहरु संविधानसभामा बस्नु उचित हुँदैन भनेर हामीले कांग्रेस र एमालेका नेतालाई सजग गराएका छौं ।’ सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री सुशील कोइराला केहीबेर बसेर बाहिरिएका थिए । बैठकमा एमालेका तर्फबाट उपाध्यक्ष बामदेव गौतमले नेतृत्व गरेका थिए । अध्यक्ष ओली अस्वस्थ्यताको कारण बैठकमा सहभागी भएनन् । बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै एमालेका प्रमुख सचेतक अग्नि खरेलले सहमति प्रयास जारी रहने भन्दै यसका लागि अझै केही समय विपक्षीलाई पर्खन तयार रहेको बताए । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पहलमा प्रमुख दलहरुको बैठक सिंहदरबारमा बसेको थियो । सत्तापक्ष र प्रतिपक्षी दलको पटक–पटकको वार्ताले सार्थक परिणाम दिन नसकेपछि नेम्वाङले सहमतिको प्रयास थालेका हुन् । बैठकमा विभिन्न दलका प्रमुख सचेतक र नेताहरु सहभागी थिए । एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोख्रेल र मधेसी मोर्चाको तर्फबाट फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरी लगायतका नेताहरु पनि बैठकमा सभामुखले बोलाएको बैठकमा थिए । डेढ महिना अघिदेखि अबरुद्ध संविधानसभा बैठक सुरु गरेर संविधान लेखन प्रक्रिया थाल्नेबारे छलफल भैरहेको नेताहरुले बताएका छन् । गत माघ २९ गतेदेखि संविधानसभाको बैठक बस्न सकेको छैन । सत्तापक्षले बहुमतीय प्रक्रियाबाट संविधान लेख्न थालेको भन्दै प्रतिपक्ष ३० दलीय मोर्चाले आन्दोलन सुरु गरेपछि सहमतिको पहल गर्न भन्दै बैठक स्थगित गरिएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै