नेभिगेशन
अन्य

बैद्यले भन्दैमा संविधानसभा छाड्दैनौं :दाहाल

काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकल दाहालले मोहन बैद्य नेतृत्वको माओवादीले भन्दैमा संविधानसभा नछाड्ने बताएका छन् । एमाओवादी र बैद्य माओवादीबीच पार्टी एकताका लागि वार्ता सुरु भएको छ । र, वार्तामा बैद्य माओवादीका नेताहरुले संविधानसभा छाडेर सडक संघर्षमा आउन दाहाललाई आग्रह गर्दै आएका छन् । नेकपा (माओवादी)का संयोजक मातृका यादव र क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणी थापाले बुधबार भएको भेटमा दाहालले संविधानसभाबारे अझै दुई माओवादीको फरक बुझाइ रहेको बताए । यादव र थापा पाँच पार्टीको कार्यगत एकता समिति ब्यूँताउने पहल सुरु गर्न विहान लाजिम्पाट पुगेका थिए । भेटमा दाहालले सबै माओवादीलाई मिलाउन आफू सकारात्मक रहेको बताए । तर, बैद्य माओवादीसँग कुरा नमिल्दा कार्यगत एकता समिति अघि बढ्न नसकेको बताए । ‘हाम्रो र बैद्यजीहरुको कुराकानी मिलेन । यसमा तपाईहरुको दोष छैन,‘प्रचण्डको भनाई उद्रृत गर्दै स्रोतले भन्यो–‘उहाँहरुले बाहिर आउने कुरा गर्नुहुन्छ । हामी बाहिर आउने परिस्थिति छैन । भित्र लड्ने हो ।’यद्यपि कांग्रेस र एमालेले बुहमतको बलमा पेलेरै जाने खोजे भने संविधानसभा छाडेर आउने परिस्थिति पनि बन्न सक्ने प्रचण्डले बताएका छन् । भेटमा यादव र थापाले भने दुई माओवादी मात्र मिलेर नहुने भन्दै पाँच पार्टीको कार्यगत एकता समिति ब्यूँताउन आग्रह गरेका छन् । एमाओवादी, बैद्य माओवादी, मातृका नेतृत्वको माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी र परी थापा नेतृत्वको नेकपा एकीकृतले कार्यगत एकता समिति गठन गरेका थिए । तर, झण्डै चार महिनादेखि कार्यगत एकता समिति निश्कृय छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै