नेभिगेशन
अन्य

अब पर्खन सकिन्न :देउवा

पोखरा । पूर्व प्रधामन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आन्दोलनका सम्पूर्ण कार्यक्रम छोडेर वार्तामा आउन एमाओवादी नेतृत्वको ३० दलीय मोर्चासँग आग्रह गरेका छन् । नेपाल प्रेस युनियन कास्कीले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले विपक्षी मोर्चा वार्तामा नआए प्रक्रियाबाटै संविधान जारी गरिने चेतावनी दिए । आफूले भनेका कुरा माने सहमति हुने नत्र सहमति नहुने अहम् एमाओवादीले छाड्नुपर्ने उनको भनाइ थियो । संविधानका अन्तरवस्तुमा सहमति जुटाउन सत्ता पक्षले धेरै समय पर्खेको बताउँदै वरिष्ठ नेता देउवाले अब भने धेरै पर्खन नसकिने विचार व्यक्त गरे । वरिष्ठ नेता देउवाले भने – ‘– एमाओवादीले संविधानसभा छोड्दै छोड्दैनन् भन्ने विश्वास छ, छोडेर गए पनि संविधान बनाएपछि मात्रै होला । उनले विगतमा कैलाली, कञ्चनपुरलाई सेती–महाकालीमै राख्ने र आवश्यक परे जनमत सङ्ग्रह गर्न मुख्य तीन दलका अध्यक्ष सहमत भएका हुन् भन्दै आवश्यक परे जनमत सङ्ग्रहमा जान सकिन्छ भन्ने सहमत समेत भएको खुलासा गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै