नेभिगेशन
अन्य

विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

काठमाडौं । सन् २०१८ मा रुसमा आयोजना हुने विश्वकप फुटबलको प्रारम्भिक छनोटका लागि सुरु भएको नेपाल र भारतबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारत दुवै तर्फका खेलाडीले गोल गर्न नसकेपछि गोलरहित बराबरीमा सकिएको हो। घरेलु मैदान दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतका खेलाडीलाई आफ्नो चेपुवामा पारे पनि भारत विरुद्ध कुने गोल गर्न सकेन। नेपाल विश्‍वकप छनोटको प्रारम्भिक छनोटबाट बाहिरिएको छ। पहिलो मध्‍यान्तरमा नेपाल र भारतले कुनै गोल गर्न सकेन। घरेलु मैदान दशरथ रंगशालामा भएको खेलमा नेपालले आफ्नो प्रस्तुती दमदार दिए पनि भारतविरुद्ध गोल भने गर्न सकेन। नेपालले खेलको सातौं मिनेटमा डिबक्सको केही बाहिर फ्रि किक पाएको थियो। तर, सदुपयोग गर्न सकेन। नेपालका लागि नेपालका भरत खवासले पनि गोल गर्न सकेनन। यस्तै सन्दिप राईले पनि आफ्‍नो प्रहारलाई गोलमा परिणत गर्न सकेन। भारतीय खेलाडी सुनिल क्षेत्रीले भोला शिलवालाई फल गरेका थिए। यस्तै खेलको दोस्रो हाफको खेलको सुरुआतमै नेपालले कर्नर पाए पनि गोल भने हुनबाट चुक्‍यो। भोला सिलवालले गरेको सटिक प्रहारलाई नेपाली टोलीले सदुपयोग गर्न सकेनन्। यसअघि गत मंगलबार भारतको गुहाटीमा भएको अवे खेलमा नेपाल २–० गोलले भारतसँग पराजित भएकोले विश्‍वकप छनोटको प्रारम्भिक छनोट पार गर्न सकेन। छनोट चरण पार गर्न नेपालले होम गेममा भारतलाई कम्तिमा ३ गोलको अन्तरले पराजित गर्नुपर्ने थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै