नेभिगेशन
अन्य

वार्ता र संवादबाट समाधान निकाल्न अधिकारकर्मीको आग्रह

काठमाडौं । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले गरेको आन्दोलन घोषणाको कार्यक्रमले नागरिकलाई सास्ती हुने भन्दै मानवअधिकारकर्मीले वार्ता र संवादबाट विद्यमान समस्याको समाधान गर्न आग्रह गरेका छन्। डा. सुन्दरमणि दिक्षीत, डा. विरेन्द्र मिश्र, भोजराज पोखरेल, चरण प्रसाई, सुबोधराज प्याकुरेललगायतको अधिकारकर्मीले विज्ञप्ति जारी गर्दै मोर्चाको आन्दोलनमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। तीस दलीय मोर्चाको आन्दोलनले वार्ताको वातावरण बिगारी देशलाई मुठभेडमा लिन सक्ने भन्दै उनीहरुले आन्दोलन छोडी वार्तामा फर्कन अनुरोध गरेका छन्। ‘सडकबाट संविधान जारी हुनसक्दैन भन्ने यथार्थता कसैबाट लुकेको छैन। मानवअधिकार मैत्री, समावेशी र संघीय लोकतान्त्रिक संविधान जारीगर्ने सार्वभौम थलो संविधानसभा भएकाले सडक आन्दोलन छोडेर संविधानसभामा फर्कन मोर्चालाई अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै