नेभिगेशन
अन्य

पाँच सय तिर्न नसक्दा दुई सयभन्दा बढी विद्यार्थी एसएलसी दिनबाट वञ्चित

बेलौरी । यस वर्षको एसएलसी परीक्षामा कञ्चनपुरका २०० भन्दा बढी विद्यार्थी परीक्षा शुल्क ५०० रुपैयाँ तिर्न नसक्दा परीक्षा दिनबाट वञ्चित भएका छन् । जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष एसएलसी परीक्षामा २४८ विद्यार्थीले परीक्षा दिन पाउने छैनन् । शिक्षा कार्यालयका परीक्षा शाखाप्रमुख तथा सहायक शिक्षा अधिकारी पुष्करप्रसाद भट्टले १४६ छात्र र १०२ छात्राले यस वर्षको एसएलसी परीक्षा दिन नपाउने बताए । उनीहरुले समयमै परीक्षा फारम शुल्क नतिरेका कारण परीक्षा दिनबाट वञ्चित भएका हुन् । गत वर्ष २२७ विद्यार्थी एसएलसी परीक्षा दिनबाट वञ्चित भएका थिए । सहायक शिक्षा अधिकारी भट्टले विद्यालयले फागुन १० गतेसम्म शिक्षा कार्यालय र शिक्षा कार्यालयले फागुन १५ गतेसम्म परीक्षा नियन्त्रण कार्यालयमा परीक्षा शुल्क बुझाउने म्याद भए पनि उक्त विद्यार्थीले दुवै समयभित्र परीक्षा शुल्क अर्थात् राजस्व नबुझाएका कारण परीक्षा दिनबाट वञ्चित भएको जानकारी दिए । जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कअनुसार यस वर्षको एसएलसी परीक्षामा जिल्लाका ४९ संस्थागत र १०५ सामुदायिक गरी जम्मा १५४ विद्यालयका ११ हजार ७०६ विद्यार्थी सहभागी हुने छन् । जसमध्ये नियमिततर्फ सात हजार ७६४ र एक्जाम्टेडतर्फ तीन हजार ९४२ विद्यार्थी गरी जम्मा ११ हजार ७०६ विद्यार्थी सहभागी हुने भएका हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै