नेभिगेशन
अन्य

‘ठूला दलहरुको दम्भका कारण संविधान अन्योलमा’

दमक । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ठूला राजनीतिक दलहरुको दम्भका कारण संविधान अन्योल बनेको धारणा राखेका छन् । मंगलवार बिहान दमकमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष थापाले संविधान लेखनमा देखिएको अवरोधले नयाँ संविधान निर्माणको प्रक्रियामा अन्योल देखापरेको बताए । सत्तापक्षीय मोर्चाका नेताहरुले आगामी जेठ १५ गते संविधान जारी गर्ने बताइएको प्रसंगमा उनले जनतामा विश्वास नरहेको उल्लेख गरे । उनले भने– ‘कुनै दलहरु आन्दोलन लिएर सडकमा छन्, यस्तो असहज स्थितिमा संबिधान आउने अवस्था निकै संकटमा छ ।’ संविधान लेखनमा देखिएको अवरोध हटाउन तीन विकल्प भएको चर्चा गर्नुहुँदै उनले यसका लागि दलहरुमा साझा प्रतिबद्धता आउनुपर्ने बताए । उनले नयाँ शक्ति निर्माणका लागि राप्रपा र राप्रपा नेपालबीच एकीकरणको अन्तिम तयारीमा पुगेको उल्लेख गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...