नेभिगेशन
अन्य

सेतो मच्छिन्द्रनाथको जात्रा सम्पन्न गर्न समिति गठन

काठमाडौं । सेतो मच्छिन्द्रनाथको जात्रालाई व्यवस्थित बनाउन स्थानीयवासी नीलकाजी शाक्यको संयोजकत्वमा ४३ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । चैते दशैंका दिन सुरु गरिने सो जात्राका लागि रथ निर्माण तथा व्यवस्थित रथ यात्राका लागि सो समितिले आवश्यक कार्य गर्ने छ । चैत १३ गते सो यात्रा गरिने भएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीले संयुक्त रुपमा आस्था प्रकट गर्ने मच्छिन्द्रनाथको देवतालाई करुणाका प्रतीकका रुपमा सम्मान गरिन्छ । स्थानीय जनबहालस्थित मन्दिरमा रहेको मूर्तिलाई रथारोहण गरी भित्री सहरको परिक्रमा गराइन्छ । सहकाल तथा वर्षाका देवतासमेत भनिने सो मच्छिन्द्रनाथको जात्राका लागि काठमाडौँको तीनधारा पाठशालाअगाडि रथ निर्माण गरी इन्द्रचोक, हनुमानढोका, जैसीदेवल हुँदै लगनस्थित मच्छिन्द्रनाथको माताको मन्दिरमा विधिविधानसहित दर्शन गराएर पुनः जनबहालमा मूर्ति लगिन्छ । जात्राका लागि गुठी संस्थान, काठमाडौँ महानगरपालिकालगायतले सहयोग गर्ने सो समितिले जनाएको छ । संयोजक शाक्यले प्राचीन समयदेखि सञ्चालनमा रहेको सो जात्रा नेपालीको महत्वपूर्ण संस्कृति भएको र त्यसलाई तामझाम, भव्यताका साथ सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस जात्राबाट काठमाडौँमा वर्षा सुरु भई खेतीका लागि राम्रो वातावरण सिर्जना हुने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै