नेभिगेशन
अन्य

आज विश्वकप फुटबलको छनोटका लागि नेपालको अग्नी परीक्षा

काठमाडौ । सन् २०१८ को विश्वकप फुटबलको प्रारम्भिक छनोट खेल आज दशरथ रंगशालामा हुँदैछ । आजको खेलमा नेपालको अग्नी परीक्षा हुदैछ । भारतको गुवाहटीमा भएको खेलमा भारतसँग २–० ले पराजित भएको नेपालले आजको खेल कम्ती ३–० को अन्तरले जित्नुपर्नेछ । पहिलो लेगको खेल भारतको गुवाहटीमा भएको थियो भने दोस्रो लेगको खेल काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । यसअघि भारतसँग भएको १६ खेलमा नेपालले ३ खेलमा मात्रै जित हासिल गरेको छ । भारतसँग हुन लागेको विश्वकप छनोटको महत्वपूर्ण खेल आयोजनाको तयारी सवै पूरा भएको अखिल नेपाल फुटवल संघ एन्फाले सोमवार नै पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो । दिउँसो ३ बजेदेखि सुरु हुने उक्त खेल दर्शकका लागि दुई प्याराफिटको छुट्टाछुट्टै टिकट ब्यवस्था गरिएको छ । भीआई प्याराफिटका लागि १५ सय रुपैयाँ र साधारण प्याराफिटको लागि ७ सय रुपैयाँको टिकट ब्यवस्था गरिएको एन्फाले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...