नेभिगेशन
अन्य

सत्तारुढ कांग्रेस एमालेद्धारा विपक्षीलाई आन्दोलन छाडेर वार्तामा आउन आह्वान

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमवार राती नेपाली काँग्रेस र एमालेका शीर्ष नेताहरुबीच वार्ता भएको छ । एमाओवादीले वार्ता र छलफल छाडेर आन्दोलनको कार्यक्रम घोषणा गरेपछि अब के गर्ने भन्नेबारेमा छलफल गर्न साँझ ७ बजे सुरु भएको वार्ता राति सवा नौ बजे सकिएको थियो । दुईघण्टा लामो छलफलपछि कानुन मन्त्री एवं नेपाली काँग्रेसका नेता नरहरि आचार्यले एमाओवादी नेतृत्वको मोर्चालाई आन्दोलनका कार्यक्रम छाडेर वार्ता र छलफलबाटै निकास निकाल्न आग्रह गर्ने निर्णय भएको जानकारी दिए । एमाओवादी मोर्चाले रोजेको आन्दोलनले संविधान निर्माण गर्न र वार्ता एवं छलफल गर्नलाई पनि कुनै सहयोग नगर्ने भएकाले आन्दोलनलाई छाडेर वार्तामा आउन आह्वान गरेको उनले बताए । बैठकमा सहमतिमै संविधान निर्माण गर्न काँग्रेस—एमाले सकारात्मक रहेको स्पष्ट भएको बताउँदै उहाँले सहमतिबाटै संविधान बनाउने एक मात्र बिकल्प वार्ता नै भएकाले वार्तामा आउन विपक्षी मोर्चालाई आह्वान गरेको बताए । संविधान सभा भित्रै बसेर विवादित विषयलाई टुङ्ग्याउन विपक्षी मोर्चालाई काँग्रेस, एमालेले आह्वान गरेको आचार्यले बताए । छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमालेका प्रमुख सचेतक अग्नि खरेलले विपक्षी मोर्चाको आन्दोलनले निकास नदिने बरु वार्ता र सहमतिको वातावरण पनि बिथोल्ने बताए । काँग्रेस—एमालेको छलफलमा वार्ता र सहमतिको वातावरण बिग्रन दिन नहुने बारेमा छलफल भएको बताउँदै वार्ताका लागि विपक्षीलाई आह्वान गर्नेबारेमा छलफल भएको उनले बताए । आन्दोलन होइन, सहमतिको एकमात्र सफल स्थल संविधानसभा नै भएकाले संविधान सभामा आएर वार्तामा बस्न विपक्षीलाई आग्रह गरेको उनले बताए । संविधानसभाका अध्यक्षले संविधानसभाको बैठक आह्वान गरेमा संविधान निर्माण प्रक्रियाबाटै भए पनि अगाडि बढ्ने बताउँदै उहाँले संविधानसभा बैठक आह्वान गर्नुअघि नै सहमति कायम गर्नका लागि वार्तामा आउन विपक्षीलाई आह्वान गरेको बताए । बैठकमा नेपाली काँग्रेसका तर्फबाट वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला, कानुन मन्त्री नरहरी आचार्य र वन मन्त्री महेश आचार्य सहभागी थिए । त्यसैगरी, एमालेका तर्फबाट एमाले अध्यक्ष ओली, ,उपाध्यक्षद्वय वामदेव गौतम र विद्या भण्डारी, प्रमुख सचेतक अग्नि खरेल र सचिव विष्णु पौडेलको सहभागिता रहेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै