नेभिगेशन
अन्य

एमाओवादी मोर्चाको आन्दोलनप्रति सभामुखको असंतुष्टी

काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रमुख राजनीतिक दलहरुबीच जारी वार्ता विफल भएको भन्दै एमाओवादी गठबन्धनले घोषणा गरेको आन्दोलनले आफू स्तब्ध र दुःखी भएको बताएका छन् । उनले आफुले सहमतिका लागि अनिश्चिकालका लागि स्थागित गरेको बदलामा एमाओवादी नेतृत्वको मोर्चाले आमहडताल सहितका आन्दोलनका कार्यक्रम ल्याएको भन्दै असंतुष्टी जनाए । उनले एमाओवादी गठबन्धनलाई आन्दोलनको कार्यक्रमबारे पुर्नबिचार गर्न आग्रहसमेत गरेका छन् । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आइतबार जारी गरेको आन्दोलनको कार्यक्रमबारे कुरा गर्दै नेम्बाङले यस्तो घोषणाबाट आफू स्तब्ध र दुःखी भएको बताए । गठबन्धनले निर्धारित समयभित्र सत्तापक्ष सहमतिका लागि तयार नभएको भन्दै आइतबार चार दिने आमहड्तालसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । ‘सहमतिको लागि यतिका समय पर्खदा पनि वार्ताबाट भागेर आन्दोलनमा जानु दुर्भाग्यपूर्ण छ,’ नेम्वाङले भने, ‘यो अवस्थामा सबैलाई धैर्यता र संयमता अपनाई सहमतिको प्रयास जारी राख्न आग्रह गर्छु ।’ संविधानका विवादित विषयमा प्रश्नावली तयार पार्दा माघ ११ देखि २८ गतेसम्म र प्रस्ताव निर्माण समितिले माघ २९ गते संविधानसभामा पेश गरेको प्रतिबेदन पछि संविधानसभाको बैठक अनिश्चितकालसम्म स्थगित गरीएको छ । स्थगित भएको संविधानसभाका बीचमा राजनीतिक दलहरुलाई वार्ता र सहमतिका लागि आफूले समय उपलब्ध गराएको नेम्वाङले स्मरण गरे । बैठक अनिश्चितकालका लागि स्थगित गरी वार्ता र सहमतिका लागि मैले खेलेको भूमिकाको बदला एमाओवादी गठबन्धनले आन्दोलनको कार्यक्रम घोषणा गरेको भन्दै उनले कार्यक्रम घोषणा गर्नुअघि एक जना नेताले पनि आफूलाई एक कल फोन समेत नगरेको गुनासो गरे । संविधानसभा सचिवालयमा आइतबार पुगेको एमाओवादी गठबन्धनका केही नेताहरुलाई उनले आन्दोलनको कार्यक्रमले सहमतिको वातावरण विथोल्न सक्ने सुझाएका थिए । नेम्बाङको सुझावलाई वेवास्था गर्दै गठबन्धनले आन्दोलन र वार्ता सँग–सँगै लैजाने भनेका थिए । सभाध्यक्ष नेम्वाङले सोमबार अपरान्ह सत्तारुढ दल नेपाली कांग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठ र एमालेका प्रमुख सचेतक अग्नि खरेलसँग परामर्श गरेका थिए । विपक्षी मोर्चा आन्दोलनमा गएपछि स्थगन भएको संविधानसभा सुरु हुने विषयमा नेम्वाङले सोमवारबाट राजनीतिक दलका नेतासँगको परामर्श अघि बढाएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्