नेभिगेशन
अन्य

जुम्लाको तिला नदीमा बस खस्दा १८ जनाको ज्यान गयो

सुर्खेत । जुम्लाको रारालिहीमा सोमबार विहान यात्रुबस दुर्घटनामा परि १८ जनाको मृत्यु भएको छ । ना ४ ख ४९७० नम्बरको कर्णाली यातायातको बस रारालिही गाविस–१ मा पर्ने काठकुडेनी भन्ने ठाउँमा सोमबार बिहान साढे ९ बजे दुर्घटना भएको थियो । जुम्लाबजारबाट बसमा २९ यात्रु लिएर बिहान ७ बजे कालिकोटको नाग्माका लागि छुटेको बस सडकबाट झन्डै दुई सय मिटर तल तिला नदीमा खसेको छ । रातभर पानी परेका कारण सडक चिप्लो भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनास्थल जुम्ला सदरमुकामबाट झण्डै १८ किलोमिटर टाढा पर्दछ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मृत्यु हुनेमा जुम्लाको महावै पातरखोला गाविस–९ का २१ वर्षीया देवु रोकाया, उनका नाम नखुलेका तीन महिनाका छोरा, सोही वडाका १४ वर्षीय जितेन्द्र अधिकारी, कालिकाखेतु गाविस–९ का ३५ वर्षीय रतन शाही, सनिगाउँ गाविस–८ का २५ वर्षीया चालक सागर बुढा, सोही गाविस–२ का ५२ वर्षीय लालविरे शाही र उनका ६ वर्षीय छोरा विजय शाही, सोही गाविस–५ का ४२ वषीया रती रोकाया, खराकोट गाविस–६ का २६ वर्षीय राजबहादुर बुढा, बड्की गाविस–९ का ४० वर्षीय पम्फादेवी रावत, सोही वडाका २० वर्षीय पुष्पराज आचार्य, सोही वडाकै ११ वर्षीय बिजु रोकाया, तातोपानी गाविस–४ का सह–चालक १७ वर्षीय रण कामी र कालिकाखेतु गाविस–१ का २० वर्षीय धनलक्ष्मी न्यौपाने रहेका छन् । त्यस्तै, कालिकोट जिल्ला फुकोट गाविसका २५ वर्षीय नवराज तिरुवा, कालिकोटकै फोइमहादेव गाविस–४ का ५५ वर्षीया काली बुढा, सोही वडाकै ५० वर्षीय रेशमकला बुढा र सोही वडाकै अर्का सह–चालक २५ वर्षीय हर्क बुढाको ज्यान गएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका १८ जना मध्ये जुम्ला सनिगाउँ गाविस–९ का २४ वर्षीया हिमाली रोकाया, सोही वडाका ३५ वर्षीया शिवकली रोकाया र चन्दननाथ नगरपालिका–९ का ४६ वर्षीय कलिमान सार्कीलाई उपचारका लागि हेलिकप्टरमा वाँकेको कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको प्रहरी निरीक्षक ईन्द्र बहादुर साउदले जानकारी दिए । अन्य घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बसमा २९ जना सवार रहेको बताइएको छ । प्रहरी निरीक्षक साउदका अनुसार दुर्घटनामा परी १३ जनाको घटनास्थलमा तथा पाँच जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै