नेभिगेशन
अन्य

जुम्ला बस दुघर्टनामा मृत्यु हुनेको संख्या १७ पुग्यो

जुम्ला । सुर्खेत जुम्ला सडक खण्डअन्र्तगत जुम्लाको रारालिही १ मा बस दुर्घटना हुँदा मत्यु हुनेको संख्या १७ पुगेको छ । ११ घाइतेको जुम्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये पनि ५ जनाको अवस्था चिन्ताजनक भएको स्थानीय मेघराज न्यौपानेले बताए । सोमवार विहान भएको दुर्घटनामा १३ को घटनास्थलमै मृत्यु भएको हो भने ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो । चारमधये दुईको उपचारका लागि जुम्ला बजार लैजाने क्रममा र २ को अस्पतालमा पुर्‍याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । जुम्लाबाट कालिकोटको नाग्म हुँदै सिजातर्फ जादै गरेको कणरली यातायातको ना४ख ४९७० नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो । बसमा २९ जना सवार थिए । अधिकांश सिजा भेकका बासिन्दा गाडीमा सवार थिए । कुडारी प्रहरी चौकीले २९ जना बसमा सवार भएको जानकारी दिएको छ । जुम्ला निवासी बस चालक हर्क बुढा र सहचालक सागर बुढाको मात्र सनाखत भएको छ । अन्यको सनाखत हुन बाँकी छ । जुम्लाका प्रजिअ दिपेन्द्रराज पौडेलसहितको टोली घटनास्थल पुगेको छ । घाइतेको जुम्ला अस्पतालमा उपचार भइरहेको छ । बस अनियन्त्रित भएर सडकबाट २० मिटर तल झरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै