नेभिगेशन
अन्य

महानगरपालिका र कर्मचारीबीचको सहमतिपछि राजधानीको फोहोर उठाउन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिका र कर्मचारीबीचको सहमतिपछि विगत केहीदेखि अवरुद्ध भएको काठमाडौँ उपत्यकाको फोहोर संकलन कार्य आज बिहानदेखि पुनः सञ्चालन भएको छ । उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले तत्काल समस्याको समाधान गर्न मन्त्रालयका अधिकारी र महानगरपालिका तथा उपमहानगरपालिकाका पदाधिकारीलाई आइतबार निर्देशन दिएपछि आजबाट पुनः सञ्चालन काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख पूर्णभत्तल तण्डुकारले जानकारी दिए । गत शुक्रबार काठमाडौंबाट फोहोर बोकेर नुवाकोटको सिसडोलतिर जाँदै गरेको निजी व्यवसायीको गाडीको ठक्करबाट स्थानीय एक बालकको निधन भएपछि स्थानीयवासीले गाडी जलाएपछि अवरोध उत्पन्न भएको थियो । महानगरका कर्मचारीका सुरक्षाको प्रत्याभूतिको मागलाई सम्बोधन गर्न नेतृत्व तयार भएको तथा फोहर ओसार्न थप केही ठूला उपकरण ल्याउन सकारात्मक देखिएपछि कर्मचारी सङ्गठन फोहर उठाउन राजी भएका हुन् । काठमाडौँमा दैनिक ५५० र ललितपुरमा २५० टन फोहर जम्मा हुने गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै