नेभिगेशन
अन्य

आजदेखि दैनिक २ घण्टा लोडसेडिङ घट्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आजदेखि लागु हुने गरी लोडसेडिङको समय घटाएको छ । यसअघि दैनिक ११ घण्टा लोडसेडिङ हुँदै आएकोमा अबदेखि दैनिक ९ घण्टाका दरले लोडसेडिङ हुनेछ । विद्युत चुहावटमा केही कमी आएको र मध्य मस्र्याङदीलगायत केही आयोजनाहरुमा गरिएको सुधार तथा जलाशययुक्त कुलेखानी जलविद्युत आयोजना संचालनमा ल्याएर लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्