नेभिगेशन
अन्य

दुई माओवादी एकताका लागि युवाहरु दबाब अभियानमा

काठमाडौं । एमाओवादी र नेकपा–माओवादीबीच एकता प्रयासका लागि दबाब अभियान चलाएका युवाहरुले आज राजधानीमा अन्तरक्रियात्मक छलफलको आयोजना गर्दैछन् । दिउँसो १ बजेपछि प्रज्ञा भवनमा हुने छलफलमा दुवै पार्टीका शीर्ष नेताहरु सहभागी हुने बताइएको छ । एकताको लागि दबाब दिनका लागि दुवै पार्टीका युवाहरुले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरेको नेकपा–माओवादी सचिव देव गुरुङले जानकारी दिए । यसअघि हिजो पार्टी एकतालाई टुंग्याउन दुवै दलका अध्यक्षसमेत रहने गरी ८ सदस्यीय वार्ता समिति गठन गरिएको छ । विभाजनको लामो समयपछि दुई माओवादी एक हुने गृहकार्यमा लागेको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्