नेभिगेशन
अन्य

वैदेशिक रोजगारमा भएका १० लाख नेपालीको एमआरपी अझै बनेन

काठमाडौं । हस्तलिखित पासपोर्ट प्रयोग गर्न नपाइने ‘डेडलाइन’ साढे आठ महिना बाँकी रहेकै अवस्थामा वैदेशिक रोजगारीमा रहेका झन्डै १० लाख नेपालीले ‘मेसिन रिडेबल पासपोर्ट’ (एमआरपी) बनाएका छैनन् । नेपाली कामदार संख्या बढिरहेका चार मुलुकमा टोली पठाएरै हस्तलिखित पासपोर्ट रिप्लेसका लागि राहदानी विभागले परराष्ट्र मन्त्रालयलाई आग्रह गरिसकेको छ । विदेशस्थित दूतावासले पनि टोली नपठाए समयमै काम नसकिने जानकारी गराइरहेको छ । हाल, कतारमा मात्रै त्यहीबाट एमआरपी बनाउने सेवा दिइरहेको अवस्था छ । मलेसिया, साउदी अबर र संयुक्त अरब इमिरेट्स (यूएई) मा भने विभिन्न कारण सेवा सुरु हुन सकेको छैन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियमअनुसार २४ नोभेम्बर २०१५ पछि हस्तलिखित राहदानीले विदेश यात्रा गर्न पाइदैन । गत शुक्रबार सम्ममा ३१ लाख ६ हजार चार सय ३४ एमआरपी बनिसकेको राहदानी विभागले जनाएको छ । यो विभिन्न जिल्लामा जारी एमआरपीको कुल संख्या हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै