नेभिगेशन
अन्य

मापसेमा ५० हजारसम्म जरिवाना कैद हुने कानुन आउदै

काठमाडौं । सरकारले मादक पदार्थ सेवन मापसे तथा अन्य नशालु पदार्थ प्रयोग गरी सवारी चलाउने चालकलाई ५० हजार रुपैयाँसम्म जरिवाना, अनिवार्य कैद तथा चालक अनुमतिपत्र लाइसेन्स खारेज गर्ने भएको छ। यातायात व्यवस्था विभागले सवारी तथा यतायात व्यवस्था ऐन २०४९ को दफा १ सय ४२ मा उल्लिखित मापसेसम्बन्धी व्यवस्था संशोधन गरी कडा प्रावधान ल्याउन लागेको हो। विभागले यातायात सचिव तुलसी सिटौला संयोजकत्वको दुर्घटना न्यूनीकरण समितिको सिफारिसका आधारमा ऐन संशोधन प्रस्ताव तयार पारेको हो। हाल मापसे गरी सवारी चलाउनेलाई बढीमा हजार रुपैयाँ जरिवाना, लाइसेन्स प्वाल पार्ने र चेतनामूलक कक्षा लिनेसम्म मात्र सजाय हुन्छ। यसले मापसे गरी सवारी चलाउनेमा उल्लेख्य कमी नआएपछि चालकलाई कस्न सजायको दयरा बढाउन लागिएको हो। ट्राफिक प्रहरीले मापसेलाई सवारी दुर्घटनाको प्रमुख कारण मानेको छ। ऐन संशोधन मस्यौदाले सार्वजनिक तथा निजी यातायातलाई दुई भागमा बाँडेर सजायको दायरा बढाएको छ। सार्वजनिक यातायातका हकमा मापसे गर्ने चालकलाई पहिलोपटक १० हजार जरिवाना र ६ महिना लाइसेन्स निलम्बन गरिनेछ। दोस्रोपटकमा ५० हजार जरिवाना र १ वर्ष लाइसेन्स निलम्बन गरिनेछ। तीनपटकभन्दा बढी कारबाही भए आजीवन लाइसेन्स खारेज वा सार्वजनिक यातायात चलाउन अयोग्य ठहर गर्ने प्रस्तावमा छलफल भइरहेको स्रोतले बतायो। निजी सवारीका हकमा पहिलोपटक ५ हजार जरिवाना र ३ महिना लाइसेन्स निलम्बन तथा दोस्रोपटक २५ हजार जरिवाना र ६ महिना लाइसेन्स निलम्बन गरिनेछ। तेस्रोचोटिका लागि छलफल हुँदैछ। सार्वजनिक तथा निजी दुवैका हकमा ठाउँको ठाउँ जरिवाना तिराइनेछ। लाइसेन्स पनि तत्कालै निलम्बन गरिनेछ। कसैले जरिवाना तिर्न सकेनन् भने अनिवार्य कैद बस्नुपर्नेछ। लगातार दुर्घटनापछि सरकारले भौतिक पूर्वाधार तथा यातायात सचिव सिटौलाको संयोजकत्वमा मंसिर २५ गते उच्चस्तरीय समिति बनाएको थियो। समितिले डेढ महिना लगाएर तयार पारेको प्रतिवेदनले मापसे गरी सवारी चलाउनेलाई निरुत्साहित गर्न कानुन कडा बनाउनुपर्ने सुझाव दिएको थियो। विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले समितिको सुझावकै आधारमा मापसेसम्बन्धी प्रावधान संशोधन गर्न लागेको जानकारी दिए। यो संशोधन प्रस्ताव कार्यान्वयनमा आएपछि कम्तीमा जरिवानाको डरले पनि मापसे गरी सवारी चलाउनेहरू हच्किनेछन्। महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी जयबहादुर चन्दले संशोधन प्रस्ताव कार्यान्वयनमा आए मापसे सेवन गरी सवारी चलाउने प्रवृत्ति लगभग बन्द हुने आशा व्यक्त गरे।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै