नेभिगेशन
अन्य

रानीबारी हत्याकाण्डको रहस्य १२ वर्षपछि खुल्यो

काठमाडौं । प्रहरीले १२ वर्ष पुरानो रहस्यमय रानीबारी हत्याकाण्ड सुल्झाउँदै दुई जना आरोपीलाई सार्वजनिक गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार इन्जिनियर हेमन्त श्रेष्ठ र श्रीमति अन्जलीलाई खुकुरी हानी हत्या गर्न संलग्न रहेको भन्दै मनराज गुरुङ र प्रमेश चौहानलाई सार्वजनिक गरेको हो । रानीबारीमा भाडामा बस्दै आएका श्रेष्ठ दम्पतीको २०५९ असार ३१ गते रहस्यमय रुपमा आफ्नै कोठामा हत्या भएको थियो । घटनपछि दुई अभियुक्तको स्केच सार्वजनिक गरी घटना अनुसन्धान गर्न प्रहरीले एक दर्जनभन्दा बढी अनुसन्धान टोली गठन गरे पनि आरोपी पहिचान गर्न सकेको थिएन । सिआइबीले असोजबाट पुनः अनुसन्धान व्युताउँदै साइलेन्ट सर्च अप्रेसन थालेको थियो । सोही अप्रेसनको क्रममा दुई आरोपी समातिएका हुन् । सिआइबीका प्रमुख हेमन्त मल्लका अनुसार यी दुवैले दुई लाख लिएर श्रेष्ठ दम्पत्ति बस्ने घरको घरबेटी गिता खड्काको हत्या गर्न गएका थिए । गिता माथी आक्रमण गर्नु अगाडी घरको भुई तलामा बस्ने श्रेष्ठ दम्पतिको हत्या गरी उनिहरु दोस्रो तलामा रहेकी गितालाई आक्रमण गर्न जाँदा हल्ला भएपछि भागेको प्रहरीको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । प्रहरीले गुरुङ र चौहानले पैसा लिएर गिताको हत्या गर्न जाँदा श्रेष्ठ दम्पति मारिएको विवरण सार्वजनिक गरेपनि यी दुवैलाई पैसा कसले दिएको हो भन्ने खुलाएको छैन । प्रहरीले सार्वजनिक गरेको आरोपी मनराज गुरुङ प्रहरी सूचीमा परिचित र काठमाडौंका चल्तीका गुन्डा हुन् । गुरुङले सामाखुसीलाई केन्द्र बनाएर आपराधिक गतिविधि गर्दै आएका थिए । पछिल्लो समय उनले साल्सा डान्सबार चलाउँदै आएका थिए । प्ररम्भमा चक्रपथका चक्रे मिलन समूहका सदस्य उनि पछिल्लो समय आफ्नै समूह संचालन गर्दै रकम असुलीमा सक्रिय थिए । अर्का चौहान लिलामाया गिरीको हत्या अभियोग पुष्टि पछि कैद सजाय भुक्तानपछि रिहा भएका व्यक्ति हुन् । डिआइजी मल्लका अनुसार सो घटनाबारे विभिन्न अनुसन्धान समितिको प्रतिवेदन, घटनाका प्रत्यक्षदर्शीको बयान, प्रहरीले तयार पारेको स्केच र पक्राउ आरोपीको पृष्ठभूमी र आपराधिक प्रवृत्तीको आधारमा प्रहरीले गुरुङ र चौहानलाई पक्राउ गरेको हो । रहस्यमय हत्या घटनाको अनुसन्धानमा सिआइबीले पाएको यो दोस्रो ठूलो सफलता हो । डेढ महिना अगाडि सिआइबीले सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्याको घटना सुल्झाउँदै बाबु थापासहितका अभियुक्तलाई पक्राउ गरेको थियो । थापा सहितका अभियुक्त हाल पूर्पक्षकालागि थुनामा छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै