नेभिगेशन
अन्य

विपक्षी मोर्चाद्वारा आमहड्ताल सहितको आन्दोलनको घोषणा

काठमाडौ । संविधानको विवादित विषयमा सहमतिका लागि सत्तारुढ दल गम्भीर नभएको भन्दै एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । मोर्चाको आईतबार बसेको बैठकले चैत्र–५ गतेदेखि २६ गतेसम्मका लागि आन्दोलनको कार्यक्रम तय गरेको छ । दोस्रो चरणको आन्दोलनमा सभा,प्रदर्शन, बहिष्कार, धर्ना, घेराउ सहित नेपाल बन्द र आमहड्ताल सम्मको कार्यक्रम राखिएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् । माघ–११ मा संविधानसभा बैठकले विपक्षीको अवरोधका बिच संविधान निर्माणलाई प्रक्रियामा लगेपछि विपक्षी मोर्चा आन्दोलनमा होमिएको हो । सहमतिमा संविधानको माग गर्दै मोर्चाले फागुन(१६ मा राजधानीको खुलामञ्चमा आमसभा गरेर पहिलो चरणको आन्दोलनलाई विश्राम दिएको थियो । प्रधानमन्त्री सुशील कोइरालको आह्वानमा त्यसपछि वार्तामा बसेको विपक्षी मोर्चाले वार्ता सकारात्मक दिशामा नबढेको भन्दै सत्तारुढ दलमाथि दवाब बनाउन दोस्रो चरणको आन्दोलनमा जाने निर्णय लिएको हो । यस्ता छन आन्दोलनका कार्यक्रम चैत्र ५ गतेः प्रत्येक जिल्लामा आन्दोलन तयारीका लागि ३० दलीय मोर्चाको बैठक चैत्र ८ गतेः सबे जिल्ला सदरमुकाममा महिलामाथिको हिंसा, कालोबजारी, मँहगाई, लोडसेडिङ, भ्रष्टाचारको बिरोध गर्दै सहमतिमा संविधानका लागि प्रदर्शन । चैत्र ११ गतेः यस दिनबाट प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरु सहभागी सार्वजनिक कार्यक्रममा कालो झण्डा प्रदर्शन, बहिष्कार र अवरोध गर्ने । चैत्र १५ गतेः सदरमुकाममा लाठी र सिट्ठी जुलुस चैत्र १६, १७ र १८ गतेः जिल्ला प्रशासन र अन्य सरकारी कार्यालय घेराउ चैत्र १८ गतेः साँझ सबै सदरमुकाममा मसाल जुलुस । चैत्र १९ गते : नेपाल बन्द चैत्र २० गतेः यस दिनबाट राजस्व र कर तिर्ने बन्द गर्ने । चैत्र २३ गतेः साँझ मसाल जुलु चैत्र २४,२५ र २६ गतेः देशभर आमहड्ताल
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै