नेभिगेशन
अन्य

वार्ता प्रक्रियालाई निरन्तरता दिने

काठमाडौं । वार्ता र संवादद्वारा नै सहमतिमा पुग्ने कोइराला(दाहाल सहमति प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेपाल कम्युनिष्ट पार्टमाओवादीका अध्यक्ष पुष्पकमल दाहालका बीचमा आज बिहान भएको वार्तामा वार्ता र संवादद्वारा नै सहमतिमा पुग्ने निर्णय भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा प्रधानमन्त्री कोइरालाले आपसी संवाद, सहकार्य, एकता र मेलमिलापका माध्यमबाट सहमति कायम गर्न सकिने विश्वास व्यक्त गरेका थिए। यसैबीच बैठकमा दुवै नेताले केही समयदेखि चलिरहेको वार्ता प्रक्रियालाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिएका छन्। प्रधानमन्त्री कोइराला र एमाओवादीका अध्यक्ष प्रचण्डबीचको भेटवार्तामा दुवै नेताले वार्ता र संवादद्वारा नै संविधान निर्माणका विषयमा सहमतिमा पुग्न सकिन्छ भन्ने आधार र विश्वास बलियो बन्दै गएको विचार व्यक्त गरेका छन्। कोइरालाले वार्ताको क्रममा हुने उतार चढावबाट विचलित नभई संवादको प्रक्रियालाई निरन्तरता दिएर संविधान निर्माणको प्रक्रियालाई टुंगोमा पुर्‍याउन आग्रह गरेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्