नेभिगेशन
अन्य

रानीबारी हत्याकाण्डका अभियुक्त १२ वर्षपछि पक्राउ

काठमाडौं । नेपाल प्रहरीको घाँटीमा अड्किएको काँडाको रुपमा रहेको रानीबारी हत्याकाण्ड का अभियुक्तहरु मणिराज गरुङ र प्रवेश चोखानलार्इ प्रहरीले १२ वर्षपछि नियन्त्रणमा लिएको छ। सो घटनाका अभियुक्तहरुलाई १२ वर्षदेखि प्रहरीले भेट्न सकेको थिएन । सामाकोशी क्षेत्रमा होटल तथा डान्स रेष्टुरेण्ट सन्चालन गर्दे आएका गुरुङ विभिन्न आपराधिक गतिविधी संलग्न हुदै आएका थिए। चार दिन अघि पक्राउ परेका गुरुङ र चोखानलार्इ केन्द्रिय अनुसन्धान व्युरो सिआइवीका निर्देशक हेमन्त ठकुरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका छन् । काठमाडौं लाजिम्पाटमा ३१ असार ०५९ को बिहानै एक दम्पत्तीको बीभत्स हत्या भएको थियो । सो हत्याकाण्ड लामो समयदेखि रहस्यमय रहेको थियो। लाजिम्पाटको गीता खड्काको घरमा डेरा गरी बस्ने इन्जिनियर ३७ वर्षीय हेमन्त श्रेष्ठ र उनकी श्रीमती अन्जलीको एक समूहले विहानै खुकरी प्रहार गरी हत्या गरेको थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै