नेभिगेशन
अन्य

अब दिउँसो र बिहान पनि मापसे चेकिङ

काठमाडौ । महानगरीय प्रहरी ट्राफिक महाशाखाले शनिबारको घटनापछि बिहान र दिउँसो पनि मापसे चेकिङ सुरु गर्ने तयारी गरेको छ । शनिबार रातभर मदिरा पिएका चालक निमा शेर्पाले आफ्नो गाडीमा २० फिट लामो डन्डी छिर्दा पनि पत्तो पाएका थिएनन् । महाशाखाका प्रमुख डिआइजी जयबहादुर चन्दले भने–‘हामी दिउँसो पनि सरप्राइज चेकिङ सुरु गछौं ।’ बेलुका ढिला र बिहान ट्राफिक चेकिङ कम भएपछि मापसे गरेर सवराी चलाउने प्रवृत्ति दिएकाले निरुत्साहित गर्न साँझदेखि बिहानैसम्म मापसे चेकिङ गर्न लागिएको चन्दको भनाइ छ । ट्राफिक प्रहरीले सामान्यतया बेलुका सात बजेदेखि ११ बजेसम्म मापसे चेकिङ गर्ने गर्छ । यसबाहेकको समयमा कहिलेकाहीं कुनै(कुनै ठाउँमा मात्र चेकिङ हुने गरेको नयाँ पत्रिकामा खबर छ । मादक पदार्थ सेवन गर्नेहरुले बेलुका ११ बजेपछि सवारी चलाउने प्रवृत्ति देखिँदै आएको ट्राफिक कार्यालयले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्ला दिनमा दैनिक एक सय ५० देखि दुईसयजनासम्म चालक मापसे कारबाहीमा पर्ने गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै