नेभिगेशन
अन्य

प्रधानमन्त्री एमाओवादी अध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच संविधानका विवादित विषयमा छलफल हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलमा संविधानको मुख्य विवादित विषय शासकीय स्वरुपमा सहमतिको प्रयास हुने जनाईएको छ । शनिबारको छलफलबाट कुनै सहमति नभएपछि प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष दाहाललाई सहमतिको जिम्मा दिइएको थियो । सत्तारुढ दलका तर्फबाट कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री कोइराला र प्रतिपक्षी दलको तर्फबाट ३० दलीय मोर्चाका संयोजकसमेत रहेका दाहालबीच आइतबार छलफल हुन लागेको हो । लामो समय छलफलमा बसेपनि दलबीच सहमति नजुट्दा सत्तापक्ष र प्रतिपक्षीबीच आरोप प्रत्यारोप बढ्दै गएको छ । सत्तापक्ष कांग्रेस र एमालेका नेताले विपक्षी दल सहमतिका लागि तयार नभएका कारण सहमति नभएको आरोप लगाएका छन भने विपक्षी मोर्चाका नेताले सत्तारुढ दलले आफ्नै अडानमा आउन दबाब दिएकाले सहमति हुन नसकेको बताउदै आएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्