नेभिगेशन
अन्य

दिनानाथ शर्मा वाग्लुङको उपचुनाव नलड्ने

काठमाडौं । एमाओवादी तर्फबाट बागलुङ क्षेत्र नं १ को उपनिर्वाचनका लागि उम्मेदवार रहेका प्रवक्ता दीनानाथ शर्माले अस्वस्थताका कारण आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। शर्माद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘अचानक स्वास्थ्य अवस्था प्रतिकूल भएका कारण निर्वाचनमा जान असमर्थ रहेको जानकारी गराउनुपर्दा मलाई अत्यन्त दुःख लागेको छ । निर्वाचनमा सहभागी हुन नसकेकोमा निर्वाचनका लागि प्रेरित गर्ने मेरो पार्टी, समर्थक, शुभचिन्तक, शुभेच्छुक, आफन्तजन र बागलुङ क्षेत्र नं १ का सम्पूर्ण मतदातासामु म दुःख व्यक्त गर्दछु ।’ आफू उम्मेदवार बन्न नसके पनि एमाओवादीका तर्फबाट उम्मेदवारलाई मतदान गरी विजयी बनाउनु हुन बागलुङ क्षेत्र नं १ का सबै मतदाता सामु शर्माले अनुरोधसमेत गरेका छन्। विज्ञप्तिमा भनिएको छ– ‘निर्वाचनका लागि सम्पूर्ण तयारी सहित निर्वाचन क्षेत्रमा प्रस्थान गर्दै गर्दा बाटोमा उच्च रक्तचाप र मुटुको समस्या बढेकोले पोखरास्थित फेवा सिटी अस्पतालमा उपचार भइरहेको छ । उच्च रक्तचाप र मुटुसम्बन्धी बिरामी शारीरिक थकानयुक्त कार्यमा सहभागी हुन नहुने चिकित्सकको सल्लाह छ ।’ आगमी चैत्र २८ गते बागलुङ क्षेत्र नं. १ को उपनिर्वाचन हुन गइरहेको छ । निर्वाचन आयोगले चैत्र १ गते उमेदवारको मनोनयन दर्ताका लागि समय तोकेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै