नेभिगेशन
अन्य

नेपाल प्रहरी ग्यास उद्योग सञ्चालनको तयारीमा

काठमाडौँ । काठमाडौँ उपत्यकावासीलाई खाना पकाउने एलपी ग्यास सहज रुपमा उपलब्ध गराउन नेपाल प्रहरीले निकट भविष्यमै ग्यास उद्योग सञ्चालनमा ल्याउने भएको छ । प्रहरी कल्याण कोषद्वारा सञ्चालनमा ल्याइने उक्त प्लान्ट स्थापनाका लागि प्रहरीले यही फागुनमा नेपाल आयल निगममा प्रस्ताव पठाइसकेको छ । प्रस्तावमा मासिक रुपमा एक हजार ५०० मेट्रिक टन ग्यास भर्ने गरी उद्योग सञ्चालनका लागि अनुमति मागिएको छ । त्यसका लागि प्रहरीले एक लाख सिलिन्डरको व्यवस्था मिलाउने तयारीमा रहेको प्रहरी कल्याण कोषका वरिष्ठ उपरीक्षक लव विष्टले जानकारी दिए । एक लाखमध्ये ५० हजार सिलिन्डर बजारमा जाने र ५० हजार सिलिन्डर डिपोमा मौज्दात रहने गरी व्यवस्था मिलाइने कोषले योजना बनाएको छ । सो उद्योग स्थापनाका लागि धादिङ र काभ्रे जिल्लामा सम्भाव्यता अध्ययन गरिएको छ । सो उद्योगबाट उपत्यकाका ५० हजार जनतालाई खाना पकाउने ग्यास सहजरुपमा उपलब्ध हुने विश्वास गरिएको छ । त्यसैगरी पाँचवटै विकास क्षेत्रमा थप पेट्रोल पम्पहरु स्थापना गर्ने र इन्धन ढुवानीका लागि दशवटा ट्याङ्कर खरिद गर्ने तयारीसमेत गरेको कोषद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । कल्याणकारी कोषमा रहेको रकमलाई आवश्यकताको आधारमा परिचालन गरेको खर्चलाई पारदर्शी बनाएर लैजाने व्यवस्था मिलाइएको वरिष्ठ उपरीक्षक विष्टले जानकारी दिए । प्रहरी सङ्गठनका बहालवाला र सेवानिवृत्त कर्मचारी एवम् तीनका आश्रित परिवार तथा अमर प्रहरी परिवारका सदस्यको स्वास्थ्य, शिक्षा तथा आर्थिक क्षेत्रलगायत अन्य विविध कल्याणकारी क्षेत्रमा समयानुकूल सहयोग उपलब्ध गराउँदै आएको कोषले जनाएको छ । शान्ति स्थापना कार्यमा विश्वका विभिन्न द्वन्द्वरत मुलुकमा खटिएका नेपाल प्रहरीले प्राप्त गर्ने रकममध्येबाट १० प्रतिशतको हाराहारीमा कोषका लागि योगदान हुने गर्दछ । सो कोषमा हाल रु एक अर्ब ९९ करोड ३२ लाख ५३ हजार सङ्कलन भएको छ । सो कोषबाट एक लाख चार हजार १९१ जनाले सेवा लिइरहेका छन् । प्रहरीको हाल सुडान र हाइटीमा दुईवटा शान्ति मिसन तैनाथ छन् भने थप तीन देशमा केही प्रहरी अधिकृत खटिँदै आएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै