नेभिगेशन
अन्य

अब बस्ने संविधानसभाको बैठक स्थगन हुँदैन : नेम्वाङ

काठमाडौँ । सभाध्यक्ष सुवास नेम्वाङले संविधान लेखनका लागि धैरै समय बाँकी नरहेकाले अब बस्ने संविधानसभाको बैठक स्थगन नहुने बताएका छन् । संविधानसभाको बैठक अनिश्चित समयसम्मका लागि स्थगन भएको ३० दिन पुगेको छ । पछिल्लो पटक माघ २९ गते बैठक बसेको थियो । बैठक बोलाउने विषयमा दलहरुका औपचारिक तथा अनौपचारिक बैठकले पनि सार्थक रुप लिन सकिरहेको छैन । स्वयम्सेवी सामाजिक संस्था लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए२ को तेस्रो राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले भने, ‘जनतासित संविधान प्राप्त गर्ने समय धैरै छैन, अहिलेसम्म धैर्य र सहनशील भई बसिरहेका छन् उनीहरु, यसैले अब बस्ने संविधानसभाको बैठकले संविधान मस्यौदा नबनुन्जेल निरन्तर रुपमा छलफल गर्नुपर्छ ।” “संविधान लेखनका क्रममा दलहरुका बीच टुटेको संवादहीनता जोडिएको छ, अब यो सम्बन्ध कहीँ कतैबाट टुट्न दिनुहुँदैन”–उहाँले भन्नुभयो । “संविधान लेखनमा सहमतिका लागि दल र तिनका नेताहरुले नसक्नुभएको होइन, मलाई पूर्ण विश्वास छ सक्नुहुन्छ तर किन चाहिरहनुभएको छैन रु” सभामुख नेम्वाङले प्रश्न गर्नुभयो । शीर्ष नेताहरु न्याय र निर्वाचन प्रणाली, शासकीय स्वरुप र राज्यको पुनःसंरचनका विषयमा चुड्कीका भरमा सहमति हुन्छ भनेर मलाई भन्नुहुन्छ तर अहिलेसम्म सहमति गर्नुहुँदैन– उहाँले दुखेसो पोख्नुभयो । उहाँले छिटो संविधान जारी नभए देश दुर्घटनामा पर्ने हुनाले दल र तिनका नेतालाई सकारात्मक दबाब दिन सबैलाई आग्रह गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्