नेभिगेशन
अन्य

क्रियाशिल सदस्यता फारम बुझाउने अन्तिम म्याद आज, ३० जिल्लाले मात्र बुझाए फारम केन्द्रमा

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशिल सदस्यता वितरणको म्याद आजबाट सकिएको छ । फागुन अन्तिमसम्ममा क्रियाशिल सदस्यता २० जिल्लाले मात्र पठाएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । यद्धपि कांग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीले ३० जिल्लाको क्रियाशिल सदस्यता आइसकेको जानकारी दिएका छन् । उनका अनुसार अन्य जिल्लाको पनि आउने क्रम जारी रहेको छ । २० जिल्लाको क्रियाशिल सदस्यता केन्द्रीय कार्यालयमा दर्ता भएपनि बाँकी १० जिल्लाको क्रियाशिल सदस्यता काठमाडौं आइसकेको कांग्रेसले जनाएको छ । मुख्य सचिव तिवारीले आज अन्तिम दिनभएपनि भौचर बुझाइसकेका जिल्लाहरुको हकमा बाटोको म्याद दिने व्यवस्था भएको जानकारी दिए । उनले केही दिनभित्रमा सबै जिल्लाहरुबाट सदस्यता आइसक्ने दाबी गरे । क्रियाशिल सदस्यता वितरणमा देखिएको विवादबारे छानविन गर्न समिति समेत गठन भएको छ । नरहरी आचार्यको संयोजकत्वमा गठित रामकृष्ण यादव र रमेश लेखक सदस्य रहेको समितिले छानविनको प्रक्रिया समेत सुरु गरिसकेको बताइएको छ । पार्टी महाधिवेशनलाई असर पर्न नदिने गरी समितिले आफ्नो काम अघि बढाएको तिवारीले बताए । आगामी साउन १४ गतेभित्र गाउँ तथा वडाको अधिवेशन गर्ने कांग्रेसको कार्यातालिका रहेको छ भने २२ गते भित्रमा क्षेत्रीय अधिवेशन सिध्याउने र २६ गते जिल्ला अधिवेशन सक्ने कार्यतालिका रहेको छ । १२ औं महाधिवेशनले चुनेको कार्यसमितिको म्याद असोज ४ गते नै सकिने भएकाले सो मिति अगावै टाइट सेड्युलमा महाधिवेशन गर्ने कांग्रेसले कार्यतालिका तय गरेको छ । पार्टीको १३ औं महाधिवेशन आगामी भदौ २४ गतेदेखि २८ गतेसम्म हुने भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै