नेभिगेशन
अन्य

सातादिनपछि फेरि दलहरु औपचारिक वार्तामा

काठमाडौं । संविधान निर्माण सम्बन्धी केही दिन यता द्विपक्षीय वार्ता गरेका प्रमुख चार राजनीतिक शक्तिहरु शनिबार संयुक्त छलफलमा जुट्दैछन् ।संविधानको अन्तरबस्तु, निर्माण प्रक्रियालगायतका विषयमा सहमति जुटाउन प्रमुख चार नेतालाई जिम्मेवारी दिएको चार राजनीतिक शक्तिको शनिबारको बैठकमा उनीहरुले सहमतिका लागि गर्ने प्रस्तावका विषयमा छलफल हुने बताइएको छ । केही दिन अघि बसेको बैठकले संविधानको विवादित अन्तरबस्तु, निर्माण प्रक्रियासँगै अन्य राजनीतिक विषयमा सहमति जुटाउन काँग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादी अध्यक्ष तथा विपक्षी मोर्चाका संयोजक पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष तथा मधेशी मोर्चाका संयोजक विजयकुमार गच्छदारलाई जिम्मेवारी दिइएको थियो । सोही अनुसार उनीहरुले अनौपचारिक छलफल गरेपछि शनिबार बस्न लागेको सामूहिक बैठकमा संविधानसभा सुचारु गर्न सवालमा सहमतिको प्रयास गरिनेछ । सामूहिक छलफलमा बस्नु अघि अनौपाचारिक छलफल गरिरहेका उनीहरुबीच शनिबार बस्ने संयुक्त बैठकमा संविधान निर्माण प्रक्रिया र विवादित संघीय सीमांकनमा सहमति जुट्ने सम्भावना कम रहेको श्रोतले बताएको छ । गएको माघ ११ गते संविधानसभामा सत्तापक्षले बहुमतीय प्रक्रिया सुरु गरेपछि संविधानसभा बैठक समेत बहिस्कार गरी आन्दोलनमा उत्रिएको विपक्षीहरुले सहमतिका लागि सत्तारुढ दलहरुलाई यही फागुन ३० गतेसम्म समय सीमा दिएको छ । शनिबारसम्म सहमति नभए दोश्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको विपक्षी मोर्चा र सत्ता पक्षबीच चाँडै संविधान जारी गर्ने विषयमा सैद्धान्तिक सहमति गरेका भएपनि यसको प्रक्रियामा भने विवाद कायमै छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै