नेभिगेशन
अन्य

घाँटी काटेर सहचालकको हत्या

झापा । झापाको बिर्तामोडमा शुक्रबार राति घाँटी काटेर एक सहचालकको हत्या भएको छ । बिर्तामोड नगरपालिका– ६ मा सुगम पेट्रोलपम्प अगाडि पार्किङ गरी राखिएको ना ३ ख ५६१५ नम्बरको ट्रकमा सहचालकको काम गर्ने फतेपुर उदयपुर घर भएका अन्दाजी २२ वर्षीय विक्रम बिष्टको ब्लेडले घाँटी काटिएको अवस्थामा शव भेटिएको थियो । काँकडभिट्टामा सामान पुर्याएर फर्किएको सो ट्रक खाना खानलाई सोही स्थानमा रोकिएको थियो । गाडीका गुरुजीले खाना खानलाई बोलाउन होटल साहुलाई पठाएका थिए, बोलाउँदा नआएपछि गुरुजी राति सुत्नलाई ट्रकभित्र पस्दा रगताम्य अवस्थामा विक्रमको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय बिर्तामोडले धरानबाट अनुसन्धानका लागि कुकुर मगाएर प्रक्रिया अघि बढाएको छ । परीक्षणका लागि शव भद्रपुरस्थित मेची अञ्चल अस्पलाल पठाइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...