नेभिगेशन
अन्य

ल्यारक्यालको सभासद पद खारेजीको माग गर्दै संविधानसभा अदालतमा उजुरी

काठमाडौं । एकीकृत नेकपा माओवादीका संविधानसभा सदस्य ल्यारक्याल लामाको संविधानसभा सदस्यता खारेजीको माग सहित संविधानसभा अदालतमा उजुरी परेको छ । पार्टीको कार्यकारी परिषद्को निर्णय गैरकानुनी तवरले किर्ते गरी रिक्त समानुपातिक सभासद्मा सिफारिस गरिएको दाबीसहित एकीकृत नेकपा माओवादीकै समानुपातिक उम्मेदवार सर्लाही पडरिया–४ की सुमित्रादेवी कल्वारले शुक्रबार उजुरी गरेकी हुन् । ‘संविधानसभा अध्यादेश २०७० को दफा (६) मा समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी व्यवस्था गरेको छ, सोही ऐनको दफा (७)को उपदफा (३) सँग सम्बन्धित उम्मेदवारको बन्दसूचीमा निश्चित प्रतिशत तोकिएकोमा सो बमोजिमको कानुनी व्यवस्थाविपरीत मधेशी, दलित कोटाबाट लामालाई नियुक्त गरिएकोमा निजको सभासद् पद खारेज गरिपाऊँ,’ उजुरीमा उल्लेख छ । समानुपातिकतर्फका तत्कालिन संविधानसभा सदस्य शम्भु पासवान हजारीको संविधानसभा सदस्य संविधानसभा अदालतले खारेज गरेपछि रिक्त हुन आएको स्थानमा एकीकृत नेकपा माओवादीले सिन्धुपाल्चोक हेलम्बु–९ का लामालाई सिफारिस गरेको थियो । लामालाई सिफारिस गरिएपछि एकीकृत माओवादी पार्टीभित्रै व्यापक विरोध भएको थियो । हजारीको सदस्यता खारेजीमा परेपछि एकीकृत माओवादीको सिफारिसमा निर्वाचन आयोगले गत माघ २५ गते लामालाई समानुपातिकतर्फ संविधानसभा सदस्य चयन भएको घोषणा गरेको थियो भने लामाले सभासद्को पद तथा गोपनीयताको शपथ समेत लिएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...