नेभिगेशन
अन्य

अब दिनको ९ घण्टामात्रा लोडसेडिङ

काठमाडौं । विद्युत प्राधिकरणले सोमबारदेखि दैनिक लोडसेडिङ २ घण्टा घटाउने भएको छ । अब दिनको ९ घण्टामात्रा लोडसेडिङ हुने छ । लहानदेखि पश्चिम र लमहीदेखि पूर्वको मध्य क्षेत्रमा प्राधिकरणले लोडसेडिङ घटाएर दैनिक ९ घण्टामा झार्ने भएको हो । ‘चुहावट नियन्त्रणबाट बचेको र कुलेखानीलाई पीक आवरमा अलि बढी समय बढाएर लोडसेडिङ घटाउन लागेका हौं,’ प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने, ‘४० देखि ५० मेगावाट विजुली भए दैनिक २ घण्टा लोडसेडिङ घट्छ ।’ उनले लोडसेडिङ घटाउन नदीको वहावको कुनै योगदान नभएको बताए । ‘नदीको वहाव बढेको छैन, बरु घटिरहेको छ ।’ खासगरी आइरन गेट भनेर चिनिने एसएलसी परीक्षा नजिकिरहेका बेला विद्यार्थीलाई लक्षित गरी लोडसेडिङ घटाउन लागेको काफ्लेको भनाई छ । ‘चुहावट नियन्त्रणबाट बचेको बिजुलीमात्र २ घण्टा लोडसेडिङ घटाउन पर्याप्त नभएकाले कुलेखानी पनि बढी समय सञ्चालन गर्न लागेका हौं,’ उनले भने, ‘एसएलसी परीक्षाको तयारी गरिरहेका विद्यार्थीको हीतलाई ध्यानमा दिएर यो कदम चाल्न लागेका हौं ।’ कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै