नेभिगेशन
अन्य

एमालेले जातीय नामका प्रदेश नमान्ने

काठमाडौं । नेकपा एमालले जातीयताका आधारमा प्रदेशको नाम राख्न अस्विकार गरे पछि सत्तारुढ र बिपक्षी एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चा बिच अझै सहमति जुटन सकेको छैन्। संविधान निमार्णका बिषयमा छलफल गर्न बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेका बिपक्षी एमाओवादीलाई जातीय राज्य अस्विकार गर्ने ओलीले जवाफ दिए पछि सहमति जुटन नसकेको हो। एमाओवादीका शिर्ष नेता ओलीसँग छलफल गर्न शनिवार उनकै निवास बालकोट पुगेका हुन्। एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पहिचानका ५ मध्य जातीय आधारलाई स्विकार गर्नै नसकिने जनाए पछि सत्तारुढ एमालेसँग सहमति जुटन नसकेको बताए। ‘उहाँहरुले आज पनि प्रस्टसँग जातीय जनसंख्याका आधारमा नाम र प्रदेशको बनौट बनाउने कुरा मान्नै सकिदैन भन्नु भयो,’ श्रेष्ठले भने, ‘बिबादित ५ जिल्लाका पुर्ववतः अडानवाट पनि पछी हटन नसक्ने जनाए पछि सहमति हुन सकेन्।’ उनका अनुसार एमाले र एमाओवादी बिच संविधानका बिबादित बिषयमा सहमति जुटन नसके पनि छलफल भने जारी नै राख्ने गरी बैठक टुंगिएको थियो। नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै