नेभिगेशन
अन्य

दुई दिनदेखि काठमाडौंबाट फोहर उठेन

काठमाडौं । फोहोर बोक्ने गाडिले एक बालक मारेको भन्दै स्थानीयले बुधबार फोहर व्यवस्थापन गर्ने ४ वटा हेभी गाडी जलाइदिएपछि काठमाडौं उपत्यकामा बिहीबार फोहर उठ्न सकेको छैन् । सडकमा थुप्रो लगाउनुबाहेक विकल्प नरहेको भन्दै काठमाडौं महानगरपालिका र ललितपुर उपमहानगरपालिकाले फोहर उठाउने दिन अनिश्चित भएको बताएको छ । दुवै निकायले फोहर उठाएर सिसडोल लगे पनि व्यवस्थापन गर्न नसकिने भन्दै फोहर उठाएनन् । स्थानीयले करिब तीन करोड पर्ने काठमाडौंको एक एस्काभेटर तथा दुई डोजर र ललितपुरको एक लोडर बुधबार जलाएका थिए । काठमाडौंबाट फोहर उठाएर नुवाकोट ओखरपौवा लैजाँदै गरेको बा १ ख ९७२६ नम्बरको निजी ट्रकले स्थानीय ४ वर्षका रिजन बलामीको ज्यान लिएको थियो । घटनापछि आक्रोशित स्थानीयले फोहर व्यवस्थापन गर्ने ४ वटा हेभी गाडीसहित अन्य केही अन्य सवारीमा तोडफोड गरेका थिए । महानगरपालिकाले दैनिक ३ सय ५० देखि ४ सय टन र उपमहानगरपालिकाले ६५ टन फोहर सिसडोल लैजाने गरे पनि बुधबारको घटनापछि लगेका छैनन् । यीबाहेक निजी संस्थाले पनि फोहर सिसडोल लैजाने गरेका छन् । उपत्यकाबाट दैनिक करिब ७ सय टन फोहर डम्पिङ साइट पुग्ने गरेको छ । यता, फोहर लग्न असुरक्षा बढेको भन्दै महानगरपालिकाका ११ वटा मजदुर संगठनले सरकारले सुरक्षाको प्रत्याभूति नगरेसम्म उठाउन बन्द गरेका छन् । उनीहरुले दुर्घटनाको दोषीलाई कारबाही वा वैकल्पिक ल्यान्डफिल साइटको व्यवस्था गर्न पनि माग राखेका छन् । काठमाडौंको टेकुमा कतिपय क्षेत्रबाट फोहर थुपारिएको बाहेक फोहर सडकमै छ । टेकु पनि बुधबारै फोहरले भरिएको र अब सडकमै राख्नुबाहेकको विकल्प नरहेको उनले प्रष्ट पारे । ‘फोहर प्राविधिक रुपमा व्यवस्थित गर्न उपकरणको आवश्यकता पर्छ,’ ललितपुर उपमहानगरपालिका वातावरण शाखा प्रमुख प्रदिप अमात्यले भने, ‘त्यसको व्यवस्था नहुने भएपछि बिहीबार कतिपय ठाउँमा फोहर उठेन र आजपनि अनिश्चित छ ।’ भाडामा सवारी ल्याए वा किन्न खोजे पनि कानुनी रुपमा जाँदा तीन महिना बढी लाग्छ । ‘किन्न वा भाडामै लिन पनि तीन महिनाभन्दा बढी लाग्छ,’ महानगरपालिका स्रोतले भन्यो ‘त्यसैले सरकारले डोजरको व्यवस्था गरिदिनुपर्छ। अन्यथा दैनिक फोहर थुप्रेर विकराल समस्या निम्तिन्छ ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै