नेभिगेशन
अन्य

ठेकेदारद्वारा मेलम्चीको काम रोक्ने चेतावनी

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालियन को–अपेराटिभा मुरातोरी एन्ड केमेन्टेस्टी सीएमसीले थप भुक्तानी नपाए सुरुङ खन्ने काम नै रोक्ने चेतावनी दिएको छ । आर्थिक समस्या भएको जिकिर गर्दै उसले तत्काल थप १० करोड रुपैयाँ भुक्तानी पनि मागेको छ । आयोजना विकास समितिले उसको माग अस्वीकार गरिसकेको छ । ठेक्का सम्झौतालगत्तै समितिले उसलाई कुल ठेक्का रकमको २० प्रतिशत अर्थात १ अर्ब ७२ करोड रुपैयाँ परिचालन पेस्की रकम दिइसकेको छ । ७ अर्ब ७० करोड रुपैयाँमा समिति र सीएमसीबीच ठेक्का सम्झौता भएको हो । परिचालन पेस्की बराबरको काम नगरेपछि हामी उसलाई थप रकम दिने पक्षमा छैनौं, मेलम्चीका एक अधिकारीले भने, ‘काम गरेको भन्दा थप रकम मागेर उसले सुरुङ खन्ने गतिलाई घटाउँदै लगेको छ ।’ उसले मासिक १२ सय मिटरसम्म सुरुङ खन्ने कार्ययोजना प्रस्तुत गरे पनि हाल घटाएर ६ सय मिटरमा भारेको ती अधिकारीले बताए । ठेक्का सम्झौता भएको डेढ वर्षमा उसले साढे ४ किलोमिटरमात्र सुरुङ खनेको छ । यसअघि ठेकेदार चाइना रेल्वे–१५ व्युरो कर्पोरेसनले ६ किलोमिटर सुरुङ खनेपछि ठेक्का तोडिएको थियो ।कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...