नेभिगेशन
अन्य

प्रतिपक्षीलाई धेरै नकुर्ने कांग्रेस–एमालेको निर्णय

काठमाडौ । सहमतिको नाममा संबिधान निर्माण गर्ने समय खेर गएको भन्दै सत्तारुढ कांग्रेस–एमालेले विपक्षी ३० दलीय मोर्चासँग निर्णायक वार्ता गर्ने निर्णय गरेका छन् । विपक्षीसँगको वार्ताको लागि साझा धारणा तया गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलको बैठकले सहमतिको नाममा धेरै समय नकुर्ने निर्णयसमेत गरेको छ । ‘निर्णायक ढंगले कुरा गर्ने र अघि बढ्ने सहमति भएको छ,’ बैठकको निर्णय जानकारी गराउदै कांग्रेस प्रवक्ता दीलेन्द्रप्रसाद वडुले भने,‘सहमतिको नाममा धेरै समय कुर्न सकिदैन् ।’ बैठकले विपक्षी मोर्चासँग साझा धारणा माग्ने र त्यसै अनुसार सहमतिको लागि अघि बढ्ने निर्णय गरेको छ । वार्तामा संविधानका विवादित विषयमा साझा धारणा बनाउने र विपक्षीहरुको संभावित अडानका बारेमा तयारी स्वरुप बैठक बसेको हो । एमाओवादी सहितको विपक्षी मोर्चाले फागुन महिनाभित्र सहमतिको लागि भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छैन । संविधानसभामा प्रश्नवली समिति गठन भएपछि सत्ता पक्ष र विपक्षीबीच दुरी बढेको थियो । डेढ महिनासम्म औपचारिक बार्ता भएको थिएन । केही दिन अघिदेखि दुवै पक्षले छलफल सुरु गरेका छन् । सहमतिकै लागि भनेर संविधानसभाको प्रकृया अनिश्चतकालका लागि स्थागित गरिएको छ । बुधबार सभाध्यक्ष सुभाष नेम्वाङले सहमति नगरे संविधानसभाको प्रकृया अघि बढ्ने चेतावनी दिएका थिए ।प्रमुख सत्तारुढ दलहरु नेपाली कांग्रेस र एमालेका नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ । आज हुने भनिएको शीर्ष नेताहरुको बैठकमा प्रस्तुत हुने साझा एजेण्डहरुका बारेमा छलफल गर्नका लागि प्रमुख सत्ताधारी दलबीच छलफल भएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै