नेभिगेशन
अन्य

माटोको ढिस्कोमा पुरिएर तीन महिलाको ज्यान गयो

काठमााडौं । डोटीको कपल्लेकी गाविसमा माटोको ढिक्स्कोमा पुरिएर तीनजना महिलाको ज्यान गएको छ । घर पोत्न कमेरो माटो लिन बिहीबार बिहान माटो खानीमा पुगेका करिब १५ जना मध्ये तीनजनाको माटोको ढिस्कोमा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृत्यु हुनेहरुमा कपल्लेकी–९ का कालिका भुल, सीताकुमारी भुल र कुमारी भुल रहेका छन् । माटोको ढिस्ककोले पुरियर अन्य चारजना गम्भीर घाइते भएका छन् । उनीहरुको दिपायलस्थित अस्पतालमा उपचार भइरहेको छ । माटोको ढिस्कोबाट अझै महिलाको आवाज आइरहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाली सेनाको दिपायलयस्थित सुदूरपश्चिम पृतनाको टोली र प्रहरीको टोली उद्धारका लागि खटिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...