नेभिगेशन
अन्य

सात दिनदेखि बेपत्ता प्रहरी मृत अवस्थामा फेला

बेनी । एक सातादेखि बेपत्ता जिल्ला प्रहरी कार्यालय म्याग्दीका एक प्रहरी जवानको शव फेला परेको छ । फागुन २० गतेदेखि परिवार र कार्यालयको सम्र्पकमा नरहेका प्रहरी जवान युवराज पौडेलको शव बुधबार पर्वतको खनियाघाटमा कालीगण्डकीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खोजीको क्रममा दिउँसो स्थानीय ट्याक्टर चालकले कालीगण्डकी नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पौडेलको शव परीक्षणका लागि कुश्मा लगिएको छ । पौडेलले लगाएको चप्पल बेनी कालीपुलको कालीगण्डकी किनारमा फेला परेको थियो । उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ । बागलुङको अधिकारी चौर गाविस घर भएका पौडेल तीन वर्षदेखि म्याग्दीमा कार्यरत थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...