नेभिगेशन
अन्य

आज विश्व मिर्गौला दिवस मनाइँदै

काठमाडौं । मिर्गौला स्वास्थ्य सवैका लागि भन्ने नाराका आज विश्व मिर्गौला दिवस मनाइँदैछ । यो दिवस नेपालमा पनि बिभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईंदै छ । मिर्गौला रोगबारे जानकारी दिन र यसबाट बँच्न अपनाउनु पर्ने उपायबारे सर्बसाधारणलाई जानकारी दिने उद्देश्यले हरेक बर्ष मार्च महिनाको दोस्रो विहीबार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा बिभिन्न अस्पताल र स्वास्थ्यक्षेत्रसँग सम्वन्धित संघसंस्थाहरुले निःशुल्क मिर्गौला परीक्षण, र्याली गोष्ठी लगायतका कार्यक्रम आयोजना गरिएको छ । नेपालमा कुनै न कुनै रुपमा ३० लाख जना मिगौला सम्वन्धि केही न केही रोगी रहेको अनुमान छ । मिर्गौला रोगको शुरुवाती चरणमा कुनै लक्षण नदेखिने र अन्तिम अवस्थामा मात्रै बिभिन्न लक्षण देखिने भएकाले बर्षको एकपटक परीक्षण गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन् । उपचार महंगो मानिने मिर्गौला रोग परीक्षण गर्न १ सय रुपैयाँ पनि नलाग्ने भएकोले बेलैमा परीक्षण गर्न डाक्टरहरुको सुझाव छ । मिर्गौला रोग लाग्नबाट जोगिन प्रशस्त पानी पीउन, धुमपान–मध्यपान नगर्न, शारिरिक व्यायाम गर्न र खानपानमा ध्यान दिनुर्ने डाक्टरहरु बताउछन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...