नेभिगेशन
अन्य

अमेरिकाको हिमालमा पण्डितको किर्तिमानी आरोहण

काठमाडौं । लामो दुरीका धावक एवं पर्वतारोही संजय पण्डितले दक्षिण अमेरीकाको सर्वोच्च शिखर ‘माउण्ड अकाउनकागुवा’को सफल आरोहण गरेका छन् । अकाउनकागुवाको शिखरमा पुगेर उनेले नेपाली राष्ट्रिय झण्डा सहित नेपाली पोशाक दौरा सुरुवाल भादगाउँले टोपी प्रदर्शन गरेका छन् । विश्वका सात समिट मध्ये प्राविधीक रुपमा सवैभन्दा कठिन र प्रख्यात आरोही हरुको जमघट हुने अकाउनकागुवाको शिखर चुम्न पाउँदा आफुलाई अत्यन्त खुसी लागेको पण्डीतले बताए । दुःख र खतराका हिसावले आफुलाई सगरमाथा र मनास्ल भन्दा पनि माउन्ट अकाउनकागुवा चुनौतिपुर्ण लागेको भन्दै उनले भने ‘त्यहाँ मृत्युको कल्पना हुन्थ्यो,यहाँ आफ्नो आँखा अगाडी मृत्यु देखेजस्तो लाग्यो ।’ आफुलाई मृत्युले पलपल बोलाएपनी शुभेच्छुकको न्यानो मायाले आफु सफल भएको उनले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाली नागरिकता बोकेर बिमानस्थलमा भिषा लिनुपर्ने अवस्थाको अन्त हुनुपर्छ : संग्रौला

नेपाली नागरिकता बोकेर बिमानस्थलमा भिषा लिनुपर्ने अवस्थाको अन्त हुनुपर्छ : संग्रौला

बीचार र आस्थाको राजनिती केन्द्रित नेपाली राजनितीले अब बिकास र निकासको वाटो खोज्नु पर्ने बेला आएको संग्रौलाको कथन थियो ।