नेभिगेशन
अन्य

विवादस्पद छविका एमाओवादी सभासद् ल्हारक्याल ठगीका फरार आरोपी

काठमाडौं । दोहोरो नागरिकता र राहदानी विवादमा आलोचित एकीकृत माओवादीका सभासद ल्हारक्याल लामा र्वैदेशिक रोजगारीका लागि मकाउ पठाइदिने भन्दै म्यानपावर संचालक र सयौं युवासँग करोडौं रकम ठगी गरेको मुद्धाका फरार आरोपी रहेको खुलेको छ । ल्हारक्यालले मकाउको कामदार भिसा मगाउने खर्च र कमिसन वापत आफूसँग पटक पटक गरी २ करोड १९ लाख रुपैयाँ लिएर ठगी गरेको भन्दै काठमाडौं बुढानिलकण्ठका केशबहादुर गुरुङले हालेको मुद्धा वैदेशिक रोजगार विभागमा छ । ठगी मुद्धामा पूर्पक्षका लाथि कारकार रहेका जाहेरीकर्ता गुरुङका अनुसार मकाउ पठाउँछु भन्दै सयौं युवाबाट ७ करोड रुपैया पनि ल्हारक्याल समूहले नै उठाएको थियो । वैदेशिक रोजगार विभागले फत्राउ गरी बुझाउन पत्राचार गरेपनि खोजेजस्तो मात्र गर्यो प्रहरीले । पक्राउ गरेन । नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै