नेभिगेशन
अन्य

राप्रपा र राप्रपा नेपालबीच एकिकरण वार्ता

काठमाडौ । राप्रपा र राप्रपा नेपालको एकता कार्यदलले बुधबार दुई पार्टीबीचको एकिकरण प्रयासलाई औपचारिकरुपमा अघि बढाएको छ । राप्रपा संसदीय दलमा बसेको दुबै पक्षको कार्यदलको बैठकले पार्टी एकताको सैद्धान्तिक र ब्यवहारिक आधार खोज्ने निर्णय गरेको छ ।‘बैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणका लागि दुई दल जुट्नुको विकल्प छैन भन्नेमा सैद्धान्तिक सहमति भएको छ,’ वार्तामा सहभागि राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरिले भने–‘दुबै पक्षको अर्जुनदृष्टि मिलन बिन्दु के हुन सक्छ भन्नेमा छ । आईबार देखि विमतिका विषयलाई कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्नेमा आइतबारदेखि दफाबहादर छलफल गर्छौ ।’ एकै पृष्ठभूमिका नेताहरु भए पनि दुई दलबीच संघीयता, गणतन्त्र जस्ता आधारभूत विषयमा सैद्धान्तिक भिन्नता छ । तत्कालिन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा राप्रपाबाट टुक्रिएर बनेको राप्रपा नेपाल गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विपक्षमा छ । दुई दलबीचको एकिकरण प्रयास सफल भएमा संविधानसभाको चौथो दलको सिट संख्या ३८ हुनेछ । सदनमा राप्रपा नेपालका २५ र राप्रपाका १३ सदस्य छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्