नेभिगेशन
अन्य

योगगुरु रामदेव नेपाल आउने

काठमाडौं । भारतीय योगगुरु रामदेव योग शिविर सञ्चालन गर्न बैशाखको दोस्रो साता नेपाल आउने भएका छन् । बैशाख ११ देखि १५ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुने पाँचदिने योग शिविरमा भाग लिन रामदेव नेपाल आउन लागेका हुन् । आयुर्वेदको माध्यमबाट नेपालीको स्वास्थ्य सचेतता बढाउने उद्देश्यले योग शिविर सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । सोही क्रममा निशुल्क स्वास्थ्य परिक्षण शिविर पनि हुने आयोजकले जनाएको छ । स्वास्थ्य परिक्षणका लागि भारतको हरिद्वारस्थित पतञ्जली योगपिठका बैद्यराजहरु पनि आउने भएका छन् । योगको विश्वभर प्रचार प्रसार गर्ने क्रममा अष्ट्रेलियाका तीन शहरको भ्रमणपछि रामदेव नेपाल आउन लागेका हुन् । संयुक्त राष्ट्रसंघले जुन २१ लाई विश्व योग दिवसका रुपमा घोषणा गरेको छ । योग शिविर व्यवस्थापन गर्न गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको अध्यक्षतामा ६१ सदस्यीय आयोजक समिति पनि गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...