नेभिगेशन
अन्य

मलद्धारमा चार किलो सुन लुकाएर ल्याउने पक्राउ

काठमाडौं । चीनको खासाबाट नम १ ज ४७५७ नम्बरको गाडीमा काठमाडौं आइरहेका ५ जनालाई मलद्वारमा लुकाई ल्याएको ४ किलो अवैध सुनसहित महानगरीय अपराध महाशाखाले भक्तपुरको सल्लाघारीबाट गाडीसहित मंगलबार पक्राउ गरेको छ । प्रहरीले सोमवार मात्रै सुन तस्करीमा संलग्न ठुलो गिरोह समातिएको जनाएको थियो । पक्राउ पर्नेहरुमा भक्तपुर ठिमी नगरपालिका–३ बोडे बस्ने रामेछाप ठोसे गाविस–१ का २९ वर्षीय भरत कार्की, ठिमी–१ निकोसेरा बस्ने रामेछाप ठोसे गाविस–१ का ३३ वर्षीय लक्ष्मण कार्की, ठिमी–३ बस्ने दोलखा जिरी गाविस–७ बोडेका ३४ वर्षीय सुनिलकुमार खड्का, काठमाडौं महानगरपालिका–११ थापाथलीका ३२ वर्षीय ईश्वर बस्नेत र काठमाडौं महानगरपालिका–३५ जडीवुटी बस्ने सिन्धुपाल्चोक गाथी गाविस–३ का गाडी चालक १९ वर्षीय सुभाष राउत रहेका प्रहरीले जनाएको छ । भरतको साथबाट ४ थानको सुन ९९७.६०० ग्राम, लक्ष्मणको साथबाट ४ थानमा रहेको सुन ९८१.४०० ग्राम, सुनिलकुमारको साथबाट ४ थानको सुन ९९५.८०० ग्राम, ईश्वरको साथबाट ४ थान सुन १०२६.८०० ग्राम र चालक राउतको साथबाट २ थान मोवाइल बरामद भएको हो । उनीहरुले शरीरभित्र सुन लुकाएको आशंकामा स्वास्थ्य परीक्षणको लागि नेपाल प्रहरी अस्पताल महाराजगंज लगि एक्सरे परीक्षण गराउँदा मलद्धारभित्र कण्डमले बेरी लुकाएको अवस्थामा ४ जनाको साथबाट उक्त परिमाणको अवैध बरामद भएको हो । अवैध सुन, सवारी साधन र सवारी चालकसमेतलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्