नेभिगेशन
अन्य

बाग्लुङ १ मा चम्पा खड्का कांग्रेसको उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले बाग्लुङ क्षेत्र नम्बर १ मा चैत ८ गते हुने उपनिर्वाचनमा चम्पा खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । संसदीय समितिको बुधवार अपरान्ह बसेको बैठकले सोही निर्वाचन क्षेत्रबाट निर्वाचित स्वर्गीय सभासद हरिबहादुर खड्काकी धर्मपत्नी चम्पालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उपनिर्वाचनका लागि चैत १ गते उम्मेदवारी दर्ताको मिति निर्वाचन आयोगले तोकिसकेको छ । सो क्षेत्रका सभासद हरिवहादुर खड्काको दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेका क्षेत्रमा परिवारकै सदस्यलाई कांग्रेसले खडा गरेको हो । एमालेले पनि बुधबार नै उम्मेदवार तय गर्ने सम्भावना छ । उम्मेदवार चयनका लागि स्थायी कमिटी बैठक अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसिरहेको छ । मनकुमार केसी, हिरा केसी र इन्द्रलाल सापकोटाको नाममा नेताहरुबीच कुरा नमिलेकाले बैठक लम्बिएको एमाले स्रोतले जनाएको छ । एमाओवादीले यसअघिनै पार्टी प्रवक्ता दिनानाथ शर्मालाई उम्मेदवार उठाउने निर्णय गरिसकेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्